Home Blog Page 175

सालिकका लागि आर्थिक सहयोग

0

शब्दयात्रा प्रकाशनले काभ्रेपलाञ्चोकको बनेपामा स्थापना गर्न लागेको बालागुरु षडानन्द, देवीप्रसाद सापकोटा, नरबहादुर भारती, कृष्णलाल अधिकारी र मेलवादेवी गुरुङको सालिकका लागि काठमाडौँ बानेश्वरमा अवस्थित कुलचन्द्र कोइराला स्मृति प्रतिष्ठानले ५ हजार १ सय रुपियाँ आर्थिक सहयोग गरेको छ ।

अन्य व्यक्तिहरूले पनि सहयोग गर्ने वचनबद्धता प्रकट गर्नुभएको छ ।

हार्दिक समवेदना

0

जन्म : २०४७ पुस २४
निधन : २०७५ वैशाख ६ गते

शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ‘नयाँ सोच’ (लघु–उपन्यास) र ‘पुनर्जन्म’ (कवितासङ्ग्रह) की लेखिका पूरा श्रेष्ठ (सविता) १३ वर्षसम्म अस्वस्थ भई अल्पायुमा नै दिवङ्गत हुनुभएकोमा उहाँको आत्मा परमात्मामा एकाकार होस् भनी परमेश्वरसँग प्रार्थना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ ।

शब्दयात्रा प्रकाशन परिवार

हार्दिक समवेदना

0

शब्दयात्रा प्रकाशनद्वारा संस्थापित ‘शब्दयात्रा समालोचना सम्मान’ बाट २०७२ सालमा सम्मानित हुनुभएका अग्रज समालोचक तथा प्राध्यापक डा. कुमारबहादुर जोशी लामो समयसम्म मिर्गौलासम्बन्धी रोगबाट ग्रस्त भई गत २०७५ वैशाख ४ गते मङ्गलबार दिवङ्गत हुनुभएकोमा उहाँको आत्मा परमात्मामा एकाकार होस् भनी परमेश्वरसँग प्रार्थना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ ।

शब्दयात्रा प्रकाशन परिवार

शब्दयात्राबाट ‘परेली’ आउँदै

0

शब्दयात्रा प्रकाशनले सरस्वती शर्मा सुवेदीद्वारा लिखित कथासङ्ग्रह ‘परेली’ प्रकाशन गर्ने भएको छ । यो पुस्तक शब्दयात्रा प्रकाशनको १०१ औँ प्रकाशनपुष्प हो ।
यसअघि यसै संस्थाबाट उहाँको कवितासङ्ग्रह ‘पानी मनकी रानी’ २०७३ साल भदौमा प्रकाशन गरिएको थियो ।

चयन समिति गठन

0

शब्दयात्रा प्रकाशनले आगामी जेठमा समर्पण गरिने ६ विधाका सम्मानका लागि उपयुक्त व्यक्ति अथवा संस्थाको चयन गर्न ३ सदस्यीय सम्मानित व्यक्तित्व चयन समितिको गठन गरेको छ । डा. रजनी शाक्यको संयोजकत्वमा गठन गरिएको उक्त समितिमा इ. लक्ष्मण खड्का र श्री देवराज अधिकारी सदस्य रहनुभएको छ । उहाँहरू तीनैजना काठमाडौँ विश्वविद्यालयसँग आबद्ध हुनुहुन्छ ।
विभिन्न व्यक्ति तथा संस्थाबाट सम्मानका लागि सिफारिस प्राप्त भएका नामहरूमध्येबाट उक्त समितिले सम्मान गर्नुपर्ने व्यक्ति अथवा संस्थाको चयन गर्नेछ ।

सालिकका लागि आर्थिक सहयोग

0

काभ्रेपलाञ्चोक धुलिखेलमा अवस्थित रामचन्द्र घिनाङ्जू समाजसेवा प्रतिष्ठानले शब्दयात्रा प्रकाशनलाई ११ हजार १ सय रुपियाँ आर्थिक सहयोग गरेको छ ।
काभ्रे जिल्लामा नेपालमै पहिलोपटक वाङ्मयअन्तर्गतका शिक्षा, साहित्य, पत्रकारिता, सङ्गीत र विज्ञान विधाका प्रथम साधकको सालिक राख्न लागिएको हुनाले त्यसका लागि उक्त सहयोग उपलब्ध गराइएको हो ।

दुई शब्दसाधक पुरस्कृत

0

शब्दयात्रा प्रकाशनद्वारा संस्थापित शब्दयात्रा अनुसन्धान सम्मानबाट सम्मानित व्यक्तित्व साहित्यकार तथा अनुसन्धाता प्रा. डा. गार्गी शर्मा (काठमाडौँ) लाई नइ रेखा पुरस्कार र शब्दयात्रा नन्दिकेश्वर अधिकारी शोध सम्मानबाट सम्मानित व्यक्तित्व साहित्यकार, पत्रकार तथा अनुवादक नकुल काजी (झापा) लाई नइ भाजप पुरस्कार प्रदान गर्ने निर्णय नइ प्रकाशनले गरेको छ । यी दुवै पुरस्कार ५० हजार राशिका रहेका छन् ।
पुरस्कार प्राप्त गर्ने दुवै शब्दसाधकलाई शब्दयात्रा प्रकाशनका तर्फबाट हार्दिक बधाई छ ।

शब्दयात्राबाट सिफारिस आह्वान

0

शब्दयात्रा प्रकाशनले आगामी २०७५ जेठ महिनामा समर्पण गर्नुपर्ने सम्मानहरूका लागि उपयुक्त व्यक्ति वा संस्थाको नाम र योगदानको विवरण आगामी वैशाख २५ गतेभित्र उपलब्ध गराइदिन इच्छुक सबैमा अनुरोध गरेको छ ।
यस वर्षदेखि जेठ महिनामा ६ वटा विधामा सम्मान समर्पण गरिने भएको छ । ती सम्मानहरूमा कवि नन्दिकेश्वर अधिकारीका विषयमा शोध गर्ने व्यक्तिलाई प्रदान गरिने ‘शब्दयात्रा शोध सम्मान’, शब्दयात्रा प्रकाशनबाट २०७४ सालभरिमा प्रकाशित पुस्तकहरूमध्ये उत्कृष्ट पुस्तकलाई प्रदान गरिने ‘शब्दयात्रा सिर्जना सम्मान’, सामाजिक जागरणका क्षेत्रमा उत्कृष्ट योगदान गरेको व्यक्ति वा संस्थालाई प्रदान गरिने ‘शब्दयात्रा सामाजिक जागरण सम्मान’, उत्कृष्ट योगदान गरेको शिक्षकलाई प्रदान गरिने ‘शब्दयात्रा शिक्षक सम्मान’, कुनै पनि क्षेत्रबाट राष्ट्रिय महàवको योगदान पु¥याएको व्यक्तिलाई प्रदान गरिने ‘शब्दयात्रा राष्ट्रझङ्कार सम्मान’ र प्रशासक भएर अन्य क्षेत्रमा पनि योगदान गरेकी महिलालाई प्रदान गरिने ‘शब्दयात्रा प्रशासनिक महिला प्रतिभा सम्मान’ रहेका छन् ।
यी सम्मानहरूको आर्थिक व्यवस्थापन क्रमशः गीता मञ्जुश्री, कल्याण लम्साल, आनन्दराज श्रेष्ठ, निर्मलाकुमारी यगोल श्रेष्ठ, कृष्णहरि मैनाली र उर्मिला श्रेष्ठ भोजपुरेले गर्नुभएको हो ।

शब्दयात्रा प्रकाशनले वृत्तचित्र बनाउँदै

0

शब्दयात्रा प्रकाशनले निकट भविष्यमा नै ‘शब्दसौगात’ नामको वृत्तचित्र सार्वजनिक रूपमा प्रदर्शन गर्ने भएको छ । त्यसका लागि निर्माणकार्य धमाधम भइरहेको छ । यसको निर्देशन, लेखन तथा स्वराङ्कन ‘शब्दसञ्चार’ रेडियो कार्यक्रमका सञ्चालक शिव बन्जाराबाट भएको हो भने छायाङ्कन निरञ्जुल कायस्थले गर्नुभएको हो ।
निर्देशक शिव बन्जाराका अनुसार वृत्तचित्र करिब १ घन्टाको हुनेछ र यसको सम्पूर्ण छायाङ्कन कार्य समाप्त भइसकेको छ भने अहिले यसको सम्पादनकार्य इ. रोशन मञ्जुश्री अधिकारीबाट भइरहेको छ ।

सालिकका लागि आर्थिक सहयोग

0

प्रथम शिक्षासेवी बालागुरु षडानन्द, प्रथम लोकतान्त्रिक पत्रकार देवीप्रसाद सापकोटा, प्रथम साहित्यिक सहिद कृष्णलाल अधिकारी, स्वराङ्कन गर्ने प्रथम गायिका मेलवादेवी गुरुङ र पुरस्कार पाउने प्रथम वैज्ञानिक नरबहादुर भारतीको सालिक नेपालमा पहिलोपटक बनेपामा एकै ठाउँमा स्थापना गर्ने प्रयोजनका लागि शब्दयात्रा प्रकाशनलाई काठमाडौँ नरदेवीको नेक्स्ट जेनेरेसन रेसिडेन्सियल एकेडेमीले ५ हजार १ सय ५१ रुपियाँ आर्थिक सहयोग गरेको छ । यसै गरी तपोधन उपाध्याय (चौकोट, काभ्रेपलाञ्चोक) बाट पनि ५ हजार ५ सय ५५ रुपियाँ आर्थिक सहयोग प्राप्त भएको छ ।
सहयोगका लागि वचनबद्धता व्यक्त गर्नेहरू पनि धेरैजना हुनुहुन्छ ।