काभ्रेपलाञ्चोक धुलिखेलमा अवस्थित रामचन्द्र घिनाङ्जू समाजसेवा प्रतिष्ठानले शब्दयात्रा प्रकाशनलाई ११ हजार १ सय रुपियाँ आर्थिक सहयोग गरेको छ ।
काभ्रे जिल्लामा नेपालमै पहिलोपटक वाङ्मयअन्तर्गतका शिक्षा, साहित्य, पत्रकारिता, सङ्गीत र विज्ञान विधाका प्रथम साधकको सालिक राख्न लागिएको हुनाले त्यसका लागि उक्त सहयोग उपलब्ध गराइएको हो ।