शब्दयात्रा प्रकाशनद्वारा संस्थापित शब्दयात्रा अनुसन्धान सम्मानबाट सम्मानित व्यक्तित्व साहित्यकार तथा अनुसन्धाता प्रा. डा. गार्गी शर्मा (काठमाडौँ) लाई नइ रेखा पुरस्कार र शब्दयात्रा नन्दिकेश्वर अधिकारी शोध सम्मानबाट सम्मानित व्यक्तित्व साहित्यकार, पत्रकार तथा अनुवादक नकुल काजी (झापा) लाई नइ भाजप पुरस्कार प्रदान गर्ने निर्णय नइ प्रकाशनले गरेको छ । यी दुवै पुरस्कार ५० हजार राशिका रहेका छन् ।
पुरस्कार प्राप्त गर्ने दुवै शब्दसाधकलाई शब्दयात्रा प्रकाशनका तर्फबाट हार्दिक बधाई छ ।