Home Blog Page 165

शब्दयात्राबाट सिफारिस आह्वान

0

शब्दयात्रा प्रकाशनद्वारा हरेक वर्ष समर्पण गरिने १८ विधाका सम्मानहरूमध्ये २०७५ सालका लागि तेस्रो चरणको सम्मान समर्पण कार्यक्रम आगामी माघ महिनामा हुने भएको र त्यस बखत विभिन्न ६ विधाका सम्मानहरू समर्पण गरिने भएकाले ती सम्मानका लागि उपयुक्त व्यक्ति वा संस्थाको नाउँ र योगदानको विवरण आगामी पुस २५ गतेभित्र उपलब्ध गराइदिन शब्दयात्रा प्रकाशनले सबैमा अनुरोध गरेको छ ।
माघ महिनामा शब्दयात्रा कविप्रसाद प्याकु¥याल कविताकाव्य सम्मान, शब्दयात्रा गोपाल पराजुली बालसाहित्य सम्मान, शब्दयात्रा हरिगोपाल प्रधान समालोचना सम्मान, शब्दयात्रा मनका श्रेष्ठ महिला प्रतिभा सम्मान, शब्दयात्रा राजेन्द्र विरही अनुसन्धान सम्मान र शब्दयात्रा रामकृष्ण श्रेष्ठ विज्ञान–प्रविधि सम्मान समर्पण गरिन्छन् ।
गत वर्ष ती सम्मानहरूबाट किरण खरेल, कल्पना प्रधान, डा. दयाराम श्रेष्ठ ‘सम्भव’, नूपुर भट्टाचार्य, प्रा. चेतोनाथ गौतम र मुनिबहादुर शाक्य सम्मानित भएका थिए ।

शब्दयात्रा प्रकाशन पुरस्कृत

0

शब्दयात्रा प्रकाशनलाई १५ हजार रुपियाँ राशीको सीता राणा प्रतिभा पुरस्कार प्रदान गरिएको छ । गत २०७५ मङ्सिर २८ गते शुक्रबार काठमाडौँमा कर्ण कौशल्या सीता राणा स्मृति प्रतिष्ठान तथा भोग्य सगुन सेवा समाजद्वारा संयुक्त रूपमा आयोजित समारोहमा प्रमुख अतिथिका रूपबाट अर्थविद् तथा पूर्वगभर्नर हिमालय शमशेर राणाले उक्त पुरस्कार प्रदान गर्नुभएको हो । उक्त पुरस्कार संस्थाका तर्फबाट अध्यक्ष हरि मञ्जुश्रीले ग्रहण गर्नुभएको थियो ।
डा. केदार न्यौपानेको सभापतित्वमा जीवनचन्द्र कोइरालाबाट सञ्चालित उक्त कार्यक्रममा शब्दयात्रा प्रकाशनका विषयमा साहित्यकार कलाधर काफ्लेले जानकारी गराउनुभएको थियो भने स्वागत भाषण डा. विष्णु सापकोटाले गर्नुभएको थियो ।
कार्यक्रममा शब्दयात्रा प्रकाशनका तर्फबाट हरि मञ्जुश्री, कृष्णमणि कुइँकेल, चूडाप्रसाद चौलागाईं, माधवप्रसाद तिवारी, द्रोणप्रसाद श्रेष्ठ र चन्द्रबहादुर खड्काले सहभागिता जनाउनुभएको थियो ।
उक्त कार्यक्रममा पत्रकारद्वय ध्रुवहरि अधिकारी र गोपाल बस्नेत तथा समाजसेवी नवराज लामिछानेलाई पनि पुरस्कृत तथा चलचित्र कलाकार जयनन्द चन्द ठाकुरलाई आर्थिक सहयोग गरिएको थियो ।

बन्यो बनेपामा ऐतिहासिक स्मारक

0

शब्दयात्रा प्रकाशनले काभ्रेको बनेपामा ऐतिहासिक महàवका शीर्ष व्यक्तित्वहरूको सालिक निर्माण गरी अनावरण गराएको छ । गत २०७५ मङ्सिर २६ गते बुधबार ती सालिकहरू अनावरण गरिएका हुन् । शिक्षा–शिक्षण, आमसञ्चार–पत्रकारिता, विज्ञान–प्रविधि, भाषा–साहित्य र गीत–सङ्गीत क्षेत्रका अग्रज व्यक्तित्वहरूको सालिक एकै ठाउँमा स्थापना गरिएको यो पहिलोपटक हो ।
समाजसेवी कृष्णमणि कुइँकेलले शब्दयात्रा प्रकाशनलाई दान दिएको बनेपा — ६ कुइँकेलगाउँमा पर्ने जग्गामा निजी क्षेत्रबाट पहिलोपटक संस्थागत विद्यालयको स्थापना गरेका शिक्षासेवी आबाल ब्रह्मचारी षडानन्द अधिकारी, लोकतान्त्रिक विचार प्रवाह गर्न पत्रिका प्रकाशन गरेका प्रथम लोकतान्त्रिक पत्रकार देवीप्रसाद सापकोटा, विज्ञान विधामा पहिलोपटक प्रज्ञा पुरस्कार प्राप्त गरेका वैज्ञानिक नरबहादुर भारती, भाषा–साहित्य क्षेत्रको उन्नयनमा लागेबापत मृत्युवरण गरेका प्रथम साहित्यिक सहिद कृष्णलाल अधिकारी र गीत–सङ्गीत क्षेत्रको प्रवद्र्धनका लागि पहिलोपटक स्वराङ्कन (गीत रेकर्ड) गरेकी गायिका मेलवादेवी गुरुङ गरी नेपालका मूद्र्धन्य व्यक्तित्व पाँचजनाको अर्धकदको सालिक राखिएको हो ।
बनेपा नगरपालिका वडा नं. ६ का वडाअध्यक्ष सच्चिदानन्द केसीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा षडानन्द अधिकारीको सालिक नमोबुद्ध नगरपालिकाका प्रमुख टीपी शर्मा तिमल्सिनाले, देवीप्रसाद सापकोटाको सालिक मण्डन देउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइबाले, नरबहादुर भारतीको सालिक धुलिखेल नगरपालिकाका प्रथम नगरप्रमुख बेलप्रसाद श्रेष्ठले, कृष्णलाल अधिकारीको सालिक पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले र मेलवादेवी गुरुङको सालिक काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति नेपालका शैक्षिक शिरोभूषण डा. सुरेशराज शर्माले अनावरण गर्नुभएको थियो ।
उक्त कार्यक्रममा डा. इन्दुल केसी, रमेश अधिकारी, सोमकाजी शाक्य, प्रकाशबहादुर कायस्थ, केदारनाथ तिमल्सिना, हरिप्रसाद चौलागाई, शारदाप्रसाद शर्मा, दामोदर घिमिरे, दण्डपाणि अधिकारी आदि कविहरूले कवितावाचन गर्नुभएको थियो, समाजसेवी सुशीलकुमार अग्रवालबाट रुद्राक्षको बिरुवा रोपण गरिएको थियो, आध्यात्मिक चिन्तक मुकुन्दप्रसाद उपाध्यायले आध्यात्मिक प्रवचन गर्नुभएको थियो, रामहरि न्यौपानेले गीत प्रस्तुत गर्नुभएको थियो, इ. रोशन मञ्जुश्री अधिकारीले ‘शब्दसौगात’ नामक वृत्तचित्रको र राजु लामाले आफूले बनाएका वैज्ञानिक उपकरणहरूको प्रदर्शनी गर्नुभएको थियो ।
कार्यक्रममा अतिथिका रूपमा लेखक द्रोणप्रसाद श्रेष्ठ, अग्रज लोकगायक मच्छेश्वर सापकोटा र शिक्षासेवी रामप्रसाद अधिकारी हुनुहुन्थ्यो भने सालिकका लागि सहयोग जुटाउन सहयोग गर्नुभएकोमा द्रोणप्रसाद श्रेष्ठलाई उपहार प्रदान गरिएको थियो ।
अनावरण कार्यक्रमको सञ्चालन शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीबाट र अन्य कार्यक्रमको सञ्चालन महाप्रबन्धक शारदाप्रसाद शर्माबाट गरिएको उक्त समारोहमा जग्गादाता कृष्णमणि कुइँकेल र गीता कुइँकेललाई संयुक्त रूपमा सम्मान गरिएको थियो । नैमिषारण्य गुरुकुलम्का वटुकहरूले स्वस्तिवाचन गरेर सुरु भएको अनावरण कार्यक्रममा स्वागत भाषण सञ्चालक सदस्य हरिगोपाल प्रधानले गर्नुभएको थियो भने चूडाप्रसाद चौलागाईं, चन्द्रबहादुर खड्का, त्रिरत्न रन्जितकार, माधवप्रसाद तिवारी र पदमनाथ ढुङ्गानाले व्यवस्थापन सहयोग गर्नुभएको थियो । कार्यक्रमस्थलमा सालिकका लागि सहयोग गर्नेहरूको विवरणलगायतका विभिन्न ब्यानरहरू राखिएका थिए ।
स्मरणीय छ — पुस्तकालय, सङ्ग्रहालय, अतिथिगृह, सरस्वतीको मन्दिर आदिसहितको राष्ट्रिय स्तरको अनुसन्धान केन्द्र बनाएर काभ्रे जिल्लालाई शिक्षा–शिक्षण, आमसञ्चार–पत्रकारिता, विज्ञान–प्रविधि, भाषा–साहित्य र गीत–सङ्गीत क्षेत्रका नेपालभरिका व्यक्तित्वहरू काभ्रे जिल्लामा अनिवार्य रूपमा आउनैपर्ने स्थल बनाउन शब्दयात्रा प्रकाशन लागिपरेको छ । समाजको हितमा काम गरेका तर उचित मूल्याङ्कनमा पर्न नसकेका व्यक्तिहरूको इतिहास जोगाएर उनीहरूले जस्तै राम्रो काम गर्न अरूलाई उत्प्रेरित गराउन पनि यो संस्था सक्रिय छ ।
बनेपामा शब्दसाधकहरूको स्मारक बनेकोमा काभ्रे जिल्लावासीहरू हर्षित बनेका छन् । यस स्मारकले काभ्रे जिल्लामा बौद्धिक पर्यटक ल्याउन अहम् भूमिका खेल्ने र योगदानको कदर गर्ने संस्कृतिको विस्तार गराउने विश्वास गरिएको छ ।

नाउँ सिफारिस पठाउन अनुरोध

0

शब्दयात्रा प्रकाशनद्वारा हरेक वर्ष समर्पण गरिने १८ विधाका सम्मानहरूमध्ये २०७५ सालका लागि तेस्रो चरणको सम्मान समर्पण कार्यक्रम आगामी माघ महिनामा हुने भएको छ । त्यस बखत निम्नलिखित ६ विधाका सम्मानहरू समर्पण गरिनेछन् । ती सम्मानका लागि उपयुक्त व्यक्ति वा संस्थाको नाउँ र योगदानको विवरण आगामी पुस २५ गतेभित्र उपलब्ध गराइदिन सबैमा अनुरोध छ ।
१. शब्दयात्रा कविप्रसाद प्याकु¥याल कविताकाव्य सम्मान : (गत वर्ष किरण खरेल सम्मानित)
२. शब्दयात्रा गोपाल पराजुली बालसाहित्य सम्मान : (गत वर्ष कल्पना प्रधान सम्मानित)
३. शब्दयात्रा हरिगोपाल प्रधान समालोचना सम्मान : (गत वर्ष प्रा. डा. दयाराम श्रेष्ठ ‘सम्भव’ सम्मानित)
४. शब्दयात्रा मनका श्रेष्ठ महिला प्रतिभा सम्मान : (गत वर्ष नूपुर भट्टाचार्य सम्मानित)
५. शब्दयात्रा राजेन्द्र विरही अनुसन्धान सम्मान : (गत वर्ष प्रा. चेतोनाथ गौतम सम्मानित)
६. शब्दयात्रा रामकृष्ण श्रेष्ठ विज्ञान–प्रविधि सम्मान : (गत वर्ष मुनिबहादुर शाक्य सम्मानित)

शब्दयात्रा प्रकाशन
अक्षरधाम, नीलकण्ठेश्वर, बनेपा, काभ्रे
दूरभाषाङ्क : ०११–४१५२१५÷०११–६६२९६२
विद्युतीय हुलाक : [email protected]

हार्दिक बधाई

0

शब्दयात्रा पत्रकार समाजका सदस्य तथा सम्पदा फोटो भिजन सङ्ग्रह नेपालका संस्थापक अध्यक्ष स्वतन्त्र फोटो पत्रकार पदमसागर कक्षपति नेपाल–भारत आदिवासी जनजाति मैत्री सङ्घबाट सम्मानित हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं ।

शब्दयात्रा प्रकाशन परिवार

शब्दयात्राका जग्गादातालाई सम्मान गरिने

0

शब्दयात्रा प्रकाशनका जग्गादाता समाजसेवी कृष्णमणि कुइँकेललाई सुभाष स्मृति प्रतिष्ठानले सम्मान गर्ने भएको छ । प्रतिष्ठानको वार्षिकोत्सवका अवसरमा जग्गादाता समाजसेवीका रूपमा उहाँलाई सम्मान गर्न लागिएको हो । श्री कुइँकेलले अध्यक्षता गर्नुभएको नीलकण्ठेश्वरधाम संरक्षण समितिले पनि शब्दयात्रा प्रकाशनलाई निःशुल्क कार्यालय उपलब्ध गराएको छ ।
उक्त कार्यक्रममा काभ्रेको खरेलथोकमा बौद्धिक अपाङ्गता पुनस्र्थापन केन्द्र सञ्चालन गरेकी समाजसेवी सुधा सिलवाललाई पनि सम्मान गरिने कुरा सुभाष स्मृति प्रतिष्ठानका अध्यक्ष चन्द्रबहादुर खड्काले जानकारी गराउनुभएको छ ।

‘शब्दसंवाद’ मा राजु हुमागाईं

0

शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को ६८ औँ शृङ्खला गत २०७५ मङ्सिर २१ गते शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न भयो । ‘नेपालभूमि’ राष्ट्रिय साप्ताहिक पत्रिकाका संस्थापक प्रधान सम्पादक रामचन्द्र हुमागाईंका ज्येष्ठ सुपुत्र तथा काठमाडौँको आनन्द इभेन्टसँग सम्बद्ध व्यवसायी राजु हुमागाईं उक्त कार्यक्रमका प्रमुख वक्ता हुनुहुन्थ्यो । शब्दयात्रा प्रकाशनका सञ्चालक सदस्य सकुल थापाको सभापतित्व र समाजसेवी नानुदेवी कुइँकेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रमको सञ्चालन शब्दयात्रा पाठक समाजका संयोजक दामोदर घिमिरेले गर्नुभएको थियो भने पूर्वप्रशासक तथा लेखक डा. इन्दुल केसीले प्रमुख वक्ताको प्रवचनमाथि मन्तव्य राख्नुभएको थियो ।
उक्त कार्यक्रममा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री, महाप्रबन्धक शारदाप्रसाद शर्मा, ‘नेपालभूमि’ का कार्यकारी सम्पादक चूडाप्रसाद चौलागाई, शब्दयात्रा लेखक समाजका संयोजक ओतबहादुर खड्का, शिक्षासेवी फणीन्द्रराज अधिकारी, व्यवस्थापनविद् श्री शर्मा मूर्ख, समाजसेवी छविलाल कुइँकेल तथा कुलप्रसाद तिमल्सिना, दण्डपाणि अधिकारी, पुरुषोत्तम हुमागाई, विक्रम धौबन्जार, रीक्षा घिमिरे आदिको समुपस्थिति रहेको थियो ।

सालिकका लागि आर्थिक सहयोग

0

शब्दयात्रा प्रकाशनद्वारा स्थापना गर्न लागिएका सालिकहरूको निर्माणकार्यका लागि काभ्रेपलाञ्चोक बनेपा — ७ निवासी चन्द्रप्रभा प्रणामीले ५१ हजार १ सय ११ रुपियाँ आर्थिक सहयोग उपलब्ध गराउनुभएको छ । उहाँले उक्त रकम शब्दयात्रा प्रकाशनका सदस्य तथा आध्यात्मिक लेखक तुतुकाजी प्रणामी श्रेष्ठ र सूर्यकुमारी प्रणामी श्रेष्ठको स्मृतिमा उपलब्ध गराउनुभएको हो ।
यसै गरी काभ्रे बनेपाका त्रिरत्न रन्जितकारले १० हजार १ सय १ रुपियाँ, पिता नन्दलाल भट्टराईको स्मृतिमा खोटाङ एेंसेलुखर्कका परशुराम भट्टराई र कुन्ता कोइरालाले ६ हजार रुपियाँ, होटल सत्यम्का प्रबन्धक साधुराम गिरीले ५ हजार १ सय ८ रुपियाँ, पिता ठाकुरनाथ पौडेलको स्मृतिमा नुवाकोटका डा. रामचन्द्र पौडेलले ५ हजार १ सय रुपियाँ, पिता श्यामबहादुर पुनको स्मृतिमा गुल्मीकी सुश्री एक्कुमाया पुनले ५ हजार १ सय रुपियाँ, मातापिता डम्बरकुमारी र नरबहादुर कार्कीको स्मृतिमा भोजपुर कुदाककाउलेका पदमबहादुर कार्कीले ५ हजार १ सय रुपियाँ र काभ्रे बनेपाका सहदीप पलान्चोकेले ५ हजार १ सय रुपियाँ उपलब्ध गराउनुभएको छ ।
काभ्रेको पाँचखाल बालुुवाका रोजनाथ लुइँटेलबाट १ हजार १ सय ११ रुपियाँ, भक्तपुरका डा. इन्दुल केसीबाट ५ सय रुपियाँ र नुवाकोटका रमेश अधिकारीबाट ५ सय रुपियाँ पनि प्राप्त भएको छ ।

सालिकको अनावरण कार्यक्रममा निमन्त्रणा

0

नेपालमै पहिलोपटक बनेपामा मुलुकका पाँचजना विशिष्ट व्यक्तिहरूका सालिक एकै ठाउँमा स्थापना गरिएका छन् । प्रथम शिक्षासेवी षडानन्द अधिकारी, प्रथम लोकतान्त्रिक पत्रकार देवीप्रसाद सापकोटा, राष्ट्रिय पुरस्कारप्राप्त प्रथम वैज्ञानिक नरबहादुर भारती, प्रथम साहित्यिक सहिद कृष्णलाल अधिकारी र गीत स्वराङ्कन गर्ने प्रथम गायिका मेलवादेवी गुरुङका ती सालिकहरू शब्दयात्रा प्रकाशनबाट स्थापना गरिएका हुन् । ती सालिकहरूलाई आगामी २०७५ साल मङ्सिर २६ गते बुधबार विवाहपञ्चमीका दिन अनावरण गरिने भएको छ । उक्त दिन सिर्जनावाचन, प्रवचन, गायन आदि विभिन्न कार्यक्रमहरू पनि गरिनेछन् । उक्त ऐतिहासिक कार्यक्रममा उपस्थित भइदिन हार्दिक आग्रह गर्दछौं ।

कार्यक्रम हुने दिन : २०७५ साल मङ्सिर २६ गते बुधबार विवाहपञ्चमी
कार्यक्रम हुने स्थान : काभ्रे, बनेपा, २८ किलो, नीलकण्ठेश्वर, कृष्णगीता परिसर
कार्यक्रम हुने समय : दिउँसो ११ बजेदेखि ४ बजेसम्म
अनावरण गरिने समय : दिउँसो १ बजे

आग्रही
शब्दयात्रा प्रकाशन परिवार
अक्षरधाम, बनेपा, काभ्रे

‘शब्दसंवाद’ मा माधवप्रसाद तिवारी

0

शब्दयात्रा प्रकाशनद्वारा सञ्चालित नियमित साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को ६७ औँ शृङ्खला गत २०७५ मङ्सिर १४ गते शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न भयो । उक्त कार्यक्रममा ‘नेपालभूमि’ राष्ट्रिय साप्ताहिक पत्रिकाका बजार व्यवस्थापक तथा व्यवसायी माधवप्रसाद शर्मा तिवारीले प्रमुख वक्ताका रूपबाट वैदेशिक रोजगारीका पीडाहरू र त्यसले नेपाली समाजमा पारेको प्रभावका साथै नेपालमा विद्युतीय ऊर्जाको बढ्दो सम्भावना र विद्युतीय सामग्रीको व्यवसायका बारेमा बोल्नुभएको थियो ।
अग्रज लोकगायक मच्छेश्वर सापकोटाको सभापतित्व, अग्रज शिक्षासेवी रामप्रसाद अधिकारीको प्रमुख आतिथ्य र लेखक दामोदर घिमिरेको सञ्चालनमा सम्पन्न भएको उक्त कार्यक्रममा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री, लेखकद्वय ओतबहादुर खड्का र केदारनाथ तिमल्सिना, ‘नेपालभूमि’ का स्तम्भकार सहदीप पलान्चोके, शब्दयात्रा प्रकाशनका महाप्रबन्धक शारदाप्रसाद शर्मा र सूचना–प्रविधि अधिकृत रोशन मञ्जुश्री अधिकारी, व्यवस्थापनविद् श्री शर्मा मूर्ख, शिक्षासेवी फणीन्द्रराज अधिकारी तथा नवराज पराजुली, पुरुषोत्तम हुमागाईं, विदुर थापा, सुरेश भण्डारी, मञ्जु सापकोटा, रमेश सापकोटा, रीक्षा घिमिरे आदिको समुपस्थिति रहेको थियो ।