शब्दयात्रा प्रकाशनद्वारा स्थापना गर्न लागिएका सालिकहरूको निर्माणकार्यका लागि काभ्रेपलाञ्चोक बनेपा — ७ निवासी चन्द्रप्रभा प्रणामीले ५१ हजार १ सय ११ रुपियाँ आर्थिक सहयोग उपलब्ध गराउनुभएको छ । उहाँले उक्त रकम शब्दयात्रा प्रकाशनका सदस्य तथा आध्यात्मिक लेखक तुतुकाजी प्रणामी श्रेष्ठ र सूर्यकुमारी प्रणामी श्रेष्ठको स्मृतिमा उपलब्ध गराउनुभएको हो ।
यसै गरी काभ्रे बनेपाका त्रिरत्न रन्जितकारले १० हजार १ सय १ रुपियाँ, पिता नन्दलाल भट्टराईको स्मृतिमा खोटाङ एेंसेलुखर्कका परशुराम भट्टराई र कुन्ता कोइरालाले ६ हजार रुपियाँ, होटल सत्यम्का प्रबन्धक साधुराम गिरीले ५ हजार १ सय ८ रुपियाँ, पिता ठाकुरनाथ पौडेलको स्मृतिमा नुवाकोटका डा. रामचन्द्र पौडेलले ५ हजार १ सय रुपियाँ, पिता श्यामबहादुर पुनको स्मृतिमा गुल्मीकी सुश्री एक्कुमाया पुनले ५ हजार १ सय रुपियाँ, मातापिता डम्बरकुमारी र नरबहादुर कार्कीको स्मृतिमा भोजपुर कुदाककाउलेका पदमबहादुर कार्कीले ५ हजार १ सय रुपियाँ र काभ्रे बनेपाका सहदीप पलान्चोकेले ५ हजार १ सय रुपियाँ उपलब्ध गराउनुभएको छ ।
काभ्रेको पाँचखाल बालुुवाका रोजनाथ लुइँटेलबाट १ हजार १ सय ११ रुपियाँ, भक्तपुरका डा. इन्दुल केसीबाट ५ सय रुपियाँ र नुवाकोटका रमेश अधिकारीबाट ५ सय रुपियाँ पनि प्राप्त भएको छ ।