शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को ७९ औँ शृङ्खला गत २०७५ चैत १ गते शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न भयो । कार्यक्रमका प्रमुख वक्ताका रूपमा ज्योतिष पण्डित रमेश अधिकारी रहनुभएको थियो । लेखिका सुभद्रा दाहालको प्रमुख आतिथ्य र पूर्णबहादुर कार्कीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम ‘नेपालभूमि’ राष्ट्रिय साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक चूडाप्रसाद चौलागाईंले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा प्रमुख वक्ता ज्यो. पं. रमेश अधिकारीले ज्योतिष विज्ञानसम्बन्धी जानकारी गराउनुभएको थियो ।
उक्त कार्यक्रममा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री, लेखिका पुण्यवती घले, समाजसेवी छविलाल कुइँकेल, स्तम्भकार सहदीप पलान्चोके, व्यवस्थापनविद् श्री शर्मा मूर्ख, चन्द्रमान सुवाल, विदुर थापा, नवराज पराजुली, लक्ष्मी हुमागाईं, रीक्षा घिमिरे आदिको समुपस्थिति रहेको थियो ।
‘शब्दसंवाद’ मा ज्यो. रमेश अधिकारी
हार्दिक बधाई
शब्दयात्रा आमसञ्चार सम्मानबाट सम्मानित पत्रकार श्रीधर खनाल र शब्दयात्रा बालसाहित्य सम्मानबाट सम्मानित बालसाहित्यकार कल्पना प्रधान वासु शशी स्मृति परिषद्बाट आगामी २०७५ चैत १२ गते रु. १०००० सहित सम्मानित हुन लाग्नुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं ।
शब्दयात्रा प्रकाशन परिवार
गोत्र विवाद निरूपण समिति गठन
शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीसहित केही अधिकारीहरूलाई कश्यपगोत्रीय अधिकारी वंश प्रतिष्ठानको केन्द्रीय समितिले ‘कश्यप–काश्यप गोत्र विवाद निरूपण समिति’ मा मनोनयन गरी कश्यप गोत्र र काश्यप गोत्रका बीचमा रहेको भेद निरूपण गर्ने जिम्मेवारी दिएको छ ।
अधिकारीहरूमध्ये कसैले कश्यप गोत्र हो भन्ने गरेको, कसैले काश्यप गोत्र हो भन्ने गरेको, कसैले कश्यप र काश्यप फरक गोत्र हुन् भनी वैवाहिक सम्बन्ध चलाएको र कसैले दुवै एकै हो भन्ने गरेको हुनाले अधिकारीहरूले भन्नुपर्ने र लेख्नुपर्ने गोत्र कश्यप वा काश्यप के हो, त्यसको निक्र्योल गरी प्रतिवेदन प्रस्तुत गर्न ‘कश्यप–काश्यप गोत्र विवाद निरूपण समिति’ को गठन गरिएको जानकारी प्रतिष्ठानले गराएको छ ।
समितिमा नरेन्द्रकुमार अधिकारी, डा. बलदेव अधिकारी, प्रा. सीताराम अधिकारी र राजेन्द्र विरही पनि रहनुभएको छ ।
शब्दयात्रामा कवितागोष्ठी
शब्दयात्रा प्रकाशन नारी स्रष्टा समाजको आयोजनामा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी कवितागोष्ठीको आयोजना गरियो । शब्दयात्रा प्रकाशनको सभाकक्षमा गत २०७५ फागुन २४ गते शुक्रबार आयोजित उक्त गोष्ठीमा हरि मञ्जुश्री, राधा कार्की, डा. इन्दुल केसी, पं. रमेश अधिकारी, सुभद्रा दाहाल, मीरा चापागाईं पौड्याल, ओतबहादुर खड्का, गीता मञ्जुश्री, ललिता अधिकारी, केदारनाथ तिमल्सिना, सरस्वती चिमोरिया, पुण्यवती घले, शारदाप्रसाद शर्मा, दामोदर घिमिरे, चन्द्रमान सुवाल, यज्ञबहादुर कार्की आदिले कविता पाठ गर्नुभएको थियो ।
कार्यक्रममा कृष्णमणि कुइँकेल, रामप्रसाद अधिकारी, श्रीराम शर्मा धिताल, श्री शर्मा मूर्ख, चूडाप्रसाद चौलागाईं, छविलाल कुइँकेल, नवराज पराजुली, रीक्षा घिमिरे आदिको समेत सहभागिता रहेको थियो । शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीको सभापतित्व, साहित्यकार राधा कार्कीको प्रमुख आतिथ्य र पत्रकार यज्ञबहादुर कार्कीको आतिथ्यमा सञ्चालित उक्त कार्यक्रमको सञ्चालन शारदाप्रसाद शर्माले गर्नुभएको थियो ।
‘शब्दसंवाद’ मा राधा कार्की
शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को ७८ औँ शृङ्खला गत २०७५ फागुन २४ गते शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न भयो । शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीको सभापतित्व र यज्ञबहादुर कार्कीको आतिथ्यमा संस्थाका महाप्रबन्धक शारदाप्रसाद शर्माद्वारा सञ्चालित उक्त कार्यक्रममा साहित्यकार राधा कार्कीले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस र साहित्यिक संस्थाका विषयमा मन्तव्य व्यक्त गर्दै आफ्ना केही गद्यकविताहरू वाचन गर्नुभएको थियो ।
कार्यक्रममा विभिन्न कवि–कवयित्रीहरूको उपस्थिति रहेको थियो ।
लेख–संस्मरण उपलब्ध गराइदिन अनुरोध
‘नेपालभूमि राष्ट्रिय साप्ताहिक’ का संस्थापक सम्पादक अग्रज पत्रकार तथा लेखक रामचन्द्र हुमागाईंको स्मृति र सम्मानमा शब्दयात्रा प्रकाशनबाट ‘पत्रकार रामचन्द्र हुमागाईं स्मृतिग्रन्थ’ प्रकाशित गरिने भएको छ । उक्त स्मृतिग्रन्थमा प्रकाशन गर्नका लागि रामचन्द्र हुमागाईंको जीवनी, व्यक्तित्व, कृतित्व, संस्मरण, समीक्षा, सम्बन्धित तस्बिर र अन्य सम्बन्धित सामग्रीहरू यस संस्थामा उपलब्ध गराइदिन अनुरोध छ ।
शब्दयात्रा प्रकाशन
अक्षरधाम, नीलकण्ठेश्वर, बनेपा — ६, काभ्रे
दूरभाषाङ्क : ०११–४१५२१५ ÷ ०११–६६२९६२
Email : [email protected]
हार्दिक समवेदना
शब्दयात्रा प्रकाशनद्वारा आयोजित सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोहमा धुलिखेलनिवासी ज्येष्ठ महिलाका रूपमा प्रमुख आतिथ्य ग्रहण गर्नुभएकी महारानी ब्यान्जू श्रेष्ठले १०२ वर्षको उमेरमा गत २०७५ साल फागुन १८ गते शनिबार भौतिक देह विसर्जन गर्नुभएको खबरले हामी मर्माहत बनेका छौँ । उहाँको मोक्षप्राप्तिका लागि भगवान्सँग प्रार्थना गर्दै शोकविह्वल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ ।
शब्दयात्रा प्रकाशन परिवार
केदारनाथ तिमल्सिनालाई विशेष उपहार
शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को पछिल्लो २५ शृङ्खलामध्ये सबैभन्दा बढी शृङ्खलामा सहभागी हुनुभएकोमा कवि केदारनाथ तिमल्सिनालाई विशेष उपहार प्रदान गरियो । शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले उहाँलाई विशेष उपहार प्रदान गर्नुभएको थियो ।
यसअघि पहिलो २५ औँ शृङ्खलामध्ये सबैभन्दा बढी उपस्थित हुनुभएकोमा आध्यात्मिक लेखक ओतबहादुर खड्कालाई र दोस्रो २५ औँ शृङ्खलामध्ये सबैभन्दा बढी कार्यक्रममा उपस्थित हुनुभएकोमा व्यवस्थापनविद् श्री शर्मा मूर्खलाई विशेष उपहार प्रदान गरिएको थियो ।
शब्दयात्रा प्रकाशनले ‘कर्मयोद्धासँग शब्दसंवाद’ कार्यक्रममा सबैभन्दा बढी उपस्थित हुने व्यक्तिलाई हरेक २५ औँ शृङ्खलामा विशेष उपहार प्रदान गर्ने गरेको छ ।
‘शब्दसंवाद’ मा कृष्णप्यारी नकर्मी
शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को ७७ औँ शृङ्खला गत २०७५ फागुन १७ गते शुक्रबार दिउँसो शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न भयो । कानुन–व्यवसायी तथा मानव–अधिकारकर्मी कृष्णप्यारी नकर्मी प्रमुख वक्ता रहनुभएको उक्त कार्यक्रमको प्रमुख आतिथ्य शिक्षासेवी तथा कवि पदम दाहाल तथा सभापतित्व समाजसेवी चन्द्रमान सुवालले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन लेखक पदमनाथ ढुङ्गानाले गर्नुभएको थियो ।
उक्त कार्यक्रममा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री, जग्गादाता कृष्णमणि कुइँकेल, महाप्रबन्धक शारदाप्रसाद शर्मा, ‘नेपालभूमि राष्ट्रिय साप्ताहिक’ का कार्यकारी सम्पादक चूडाप्रसाद चौलागाईं, लेखकहरू केदारनाथ तिमल्सिना, पूर्णबहादुर कर्माचार्य, सहदीप पलान्चोके, पुण्यवती घले, व्यवस्थापनविद् श्री शर्मा मूर्ख तथा छविलाल कुइँकेल, नवराज पराजुली, नानुदेवी कुइँकेल, आनन्द मानन्धर, लालप्रसाद पौड्याल, दीपककुमार उप्रेती, कविता शर्मा, रीक्षा घिमिरे आदिको समुपस्थिति रहेको थियो ।
हार्दिक बधाई
शब्दयात्रा पत्रकार समाजका सदस्य पदमसागर कक्षपति २०७५ फागुन ७ गते सम्मानित हुनुभएको छ । उहाँलाई हार्दिक बधाई !

