शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को पछिल्लो २५ शृङ्खलामध्ये सबैभन्दा बढी शृङ्खलामा सहभागी हुनुभएकोमा कवि केदारनाथ तिमल्सिनालाई विशेष उपहार प्रदान गरियो । शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले उहाँलाई विशेष उपहार प्रदान गर्नुभएको थियो ।
यसअघि पहिलो २५ औँ शृङ्खलामध्ये सबैभन्दा बढी उपस्थित हुनुभएकोमा आध्यात्मिक लेखक ओतबहादुर खड्कालाई र दोस्रो २५ औँ शृङ्खलामध्ये सबैभन्दा बढी कार्यक्रममा उपस्थित हुनुभएकोमा व्यवस्थापनविद् श्री शर्मा मूर्खलाई विशेष उपहार प्रदान गरिएको थियो ।
शब्दयात्रा प्रकाशनले ‘कर्मयोद्धासँग शब्दसंवाद’ कार्यक्रममा सबैभन्दा बढी उपस्थित हुने व्यक्तिलाई हरेक २५ औँ शृङ्खलामा विशेष उपहार प्रदान गर्ने गरेको छ ।