शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को ७८ औँ शृङ्खला गत २०७५ फागुन २४ गते शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न भयो । शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीको सभापतित्व र यज्ञबहादुर कार्कीको आतिथ्यमा संस्थाका महाप्रबन्धक शारदाप्रसाद शर्माद्वारा सञ्चालित उक्त कार्यक्रममा साहित्यकार राधा कार्कीले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस र साहित्यिक संस्थाका विषयमा मन्तव्य व्यक्त गर्दै आफ्ना केही गद्यकविताहरू वाचन गर्नुभएको थियो ।
कार्यक्रममा विभिन्न कवि–कवयित्रीहरूको उपस्थिति रहेको थियो ।