शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीसहित केही अधिकारीहरूलाई कश्यपगोत्रीय अधिकारी वंश प्रतिष्ठानको केन्द्रीय समितिले ‘कश्यप–काश्यप गोत्र विवाद निरूपण समिति’ मा मनोनयन गरी कश्यप गोत्र र काश्यप गोत्रका बीचमा रहेको भेद निरूपण गर्ने जिम्मेवारी दिएको छ ।
अधिकारीहरूमध्ये कसैले कश्यप गोत्र हो भन्ने गरेको, कसैले काश्यप गोत्र हो भन्ने गरेको, कसैले कश्यप र काश्यप फरक गोत्र हुन् भनी वैवाहिक सम्बन्ध चलाएको र कसैले दुवै एकै हो भन्ने गरेको हुनाले अधिकारीहरूले भन्नुपर्ने र लेख्नुपर्ने गोत्र कश्यप वा काश्यप के हो, त्यसको निक्र्योल गरी प्रतिवेदन प्रस्तुत गर्न ‘कश्यप–काश्यप गोत्र विवाद निरूपण समिति’ को गठन गरिएको जानकारी प्रतिष्ठानले गराएको छ ।
समितिमा नरेन्द्रकुमार अधिकारी, डा. बलदेव अधिकारी, प्रा. सीताराम अधिकारी र राजेन्द्र विरही पनि रहनुभएको छ ।