शब्दयात्रा प्रकाशनले शब्दयात्रा स्तम्भको निर्माणकार्य सम्पन्न गरेको छ । बनेपामा रहेको आफ्नै जग्गामा शब्दसाधकहरूको सालिककै छेउमा शब्दयात्रा स्तम्भ निर्माण गरिएको हो । शब्दयात्रा स्तम्भको अनावरण आगामी २०७७ साल साउन १६ गते शुक्रबार गरिने भएको छ ।
शब्दयात्रा स्तम्भको निर्माणका लागि बनेपा नगरपालिका वडा नं. ७ निवासी युवा व्यवसायी बुद्धरत्न मानन्धरले आर्थिक सहयोग गर्नुभएको छ भने नपुग रकम शब्दयात्रा प्रकाशनले नै बेहोरेको छ ।