शब्दयात्रा प्रकाशनको आयोजनामा सहिद दिवसको अवसर पारी कविगोष्ठीको आयोजना गरियो । बनेपामा भएको उक्त गोष्ठीमा हरि मञ्जुश्री सभापति, इन्द्रमणि अधिकारी प्रमुख अतिथि, मच्छेश्वर सापकोटा विशेष अतिथि तथा शिव बन्जारा उद्घोषक हुनुहुन्थ्यो ।
कार्यक्रममा उपर्युक्त व्यक्तित्वहरूका अतिरिक्त शारदाप्रसाद शर्मा, प्रकाश उज्ज्वल बनेपा, केदारनाथ तिमल्सिना, सरस्वती सापकोटा, तारा सुनुवार अधिकारी, पं. रमेश अधिकारी, पुण्यवती घले, सहदीप पलान्चोके आदिले आआफ्ना कविता वाचन गर्नुभएको थियो । निर्मला श्रेष्ठ, दामोदर घिमिरे, छविलाल कुइँकेल, सुमनदेव चापागाईं, नवराज पराजुली, सङ्गीता केसी, श्री शर्मा मूर्ख, दीपकराम भण्डारी, उपेन्द्रप्रसाद पौडेल आदिको उपस्थितिले पनि कार्यक्रम शोभायमान थियो । उक्त कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ कार्यक्रमको १ सय १४ औँ शृङ्खलाका रूपमा सम्पन्न भएको थियो ।
शब्दयात्रामा कविगोष्ठी
‘नेपालको इतिहासमा रहेका भ्रम तथा निराकरण’ प्रकाशित
प्रबुद्ध लेखक भरत जङ्गमद्वारा लिखित ‘नेपालको इतिहासमा रहेका भ्रम तथा निराकरण’ नामक अनुसन्धानात्मक पुस्तक शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित भएको छ ।
यस पुस्तकमा काभ्रेपलान्चोक जिल्लाका नीलकण्ठेश्वरधाम, शब्दयात्रा शारदा मन्दिर, उग्रेश्वर महादेव र धनेश्वर महादेव, भक्तपुर जिल्लाका हलिपट, तालोदम्फो, चाँगुनारायण मन्दिर, डोलेश्वर महादेव, सरस्वतीस्थान वागेश्वरी, वागेश्वर महादेव र अनन्तलिङ्गेश्वर महादेव, काठमाडौँ जिल्लाका हंसगृह द्रङ, पशुपतिनाथ मन्दिर, बानेश्वर महादेव र शिखरेश्वर महादेव, दोलखा जिल्लाका भीमेश्वर महादेव तथा कैलाली जिल्लाका प्रकाशेश्वर आदिका बारेमा चर्चा गरिएको छ ।
शब्दसञ्चारः माघ २७, २०७७
- Episode 44 – Shabda Sanchar 26:54
शब्दसञ्चारः माघ २०, २०७७
- Episode 43 – Shabda Sanchar 31:41
काभ्रेका दुई पत्रकारलाई कदर गरिने
काभ्रेपलान्चोक जिल्लाका दुई पत्रकार मधुसूदन गुरागाईं र भगवती तिमल्सिनालाई शब्दयात्रा प्रकाशनले कदरपत्र प्रदान गर्ने भएको छ । हरेक वर्ष दुईजना काभ्रेली पत्रकारलाई कदरपत्र प्रदान गर्ने गरिएअनुसार २०७७ सालका लागि उहाँहरूलाई कदरपत्र प्रदान गर्न लागिएको हो ।
कदरपत्र प्रदान गर्नका लागि उपयुक्त काभ्रेली पत्रकारहरूको चयन शब्दयात्रा प्रकाशनका आजीवन सदस्य सञ्चारकर्मी शिव बन्जारासहितको समितिले गर्ने गरेको छ भने शब्दयात्रा प्रकाशनका संस्थापक सञ्चालक सदस्य अग्रज पत्रकार हरिगोपाल प्रधानले कदरपत्रको सम्पूर्ण व्यवस्थापन गर्दै आउनुभएको छ ।
शब्दसञ्चारः माघ १३, २०७७
- Episode 42 – Shabda Sanchar 29:26
सम्मान स्वीकार गरेकोमा हार्दिक आभार
शब्दयात्रा प्रकाशनबाट २०७७ सालको दुवै चरणमा सम्मानित हुनका लागि स्वीकृति दिनुभएकोमा तुलसी दिवस (धनकुटा), यादव खरेल (काभ्रेपलान्चोक), ठाकुरप्रसाद मैनाली (काभ्रेपलान्चोक), डा. जगमान गुरुङ (कास्की), डा. मनप्रसाद वाग्ले (काठमाडौँ), दधिराज सुवेदी (भोजपुर), हिरण्यकुमारी पाठक (काठमाडौँ), देवीप्रसाद चापागाईं (धादिङ), डा. अरुणा उप्रेती (काठमाडौँ), डा. योगी विकासानन्द (काठमाडौँ), डा. योगेन्द्रभक्त मल्ल श्रेष्ठ (काठमाडौँ), प्रमोद प्रधान (मोरङ), जीवनचन्द्र कोइराला (रौतहट), एक्कुमाया पुन (गुल्मी), पदम दाहाल (सङ्खुवासभा), प्रजापति तिमिल्सिना (कास्की), नवमाधुरी साहित्यिक पत्रिका (पर्वत) र प्रकाश मास्के (ललितपुर) प्रति हार्दिक आभार व्यक्त गर्दछौँ ।
शब्दयात्रा प्रकाशन परिवार
इ. शङ्करनाथ रिमाललाई हार्दिक बधाई
शब्दयात्रा प्रकाशनबाट संस्थापित ‘शब्दयात्रा विज्ञान–प्रविधि सम्मान’ बाट २०७० सालमा सम्मानित हुनुभएका अग्रज इन्जिनियर शङ्करनाथ रिमाल एक लाख रुपियाँ राशिको नइ कीर्तिनिधि पुरस्कारबाट पुरस्कृत हुनुभएकोमा हर्षित बन्दै शब्दयात्रा प्रकाशन परिवार उहाँलाई हार्दिक बधाई ज्ञापन गर्दछ ।
शब्दयात्रा प्रकाशन परिवार
डा. वासुदेव त्रिपाठीलाई हार्दिक बधाई
शब्दयात्रा प्रकाशनबाट संस्थापित ‘शब्दयात्रा समालोचना सम्मान’ बाट २०७५ सालमा सम्मानित हुनुभएका अग्रज समालोचक प्रा. डा. वासुदेव त्रिपाठी एक लाख रुपियाँ राशिको नइ ईश्वर बराल पुरस्कारबाट पुरस्कृत हुनुभएकोमा हर्षित बन्दै शब्दयात्रा प्रकाशन परिवार उहाँलाई हार्दिक बधाई ज्ञापन गर्दछ ।
शब्दयात्रा प्रकाशन परिवार
डा. भोला थापालाई हार्दिक बधाई
शब्दयात्रा प्रकाशनबाट संस्थापित ‘शब्दयात्रा रामकृष्ण श्रेष्ठ विज्ञान–प्रविधि सम्मान’ बाट २०७६ सालमा सम्मानित हुनुभएका व्यक्तित्व प्रा. डा. भोला थापा काठमाडौँ विश्वविद्यालयको उपकुलपति पदमा नियुक्त हुनुभएकोमा हर्षित बन्दै शब्दयात्रा प्रकाशन परिवार उहाँलाई हार्दिक बधाई ज्ञापन गर्दछ ।

