Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesकाभ्रेका दुई पत्रकारलाई कदर गरिने

काभ्रेका दुई पत्रकारलाई कदर गरिने

काभ्रेपलान्चोक जिल्लाका दुई पत्रकार मधुसूदन गुरागाईं र भगवती तिमल्सिनालाई शब्दयात्रा प्रकाशनले कदरपत्र प्रदान गर्ने भएको छ । हरेक वर्ष दुईजना काभ्रेली पत्रकारलाई कदरपत्र प्रदान गर्ने गरिएअनुसार २०७७ सालका लागि उहाँहरूलाई कदरपत्र प्रदान गर्न लागिएको हो ।

कदरपत्र प्रदान गर्नका लागि उपयुक्त काभ्रेली पत्रकारहरूको चयन शब्दयात्रा प्रकाशनका आजीवन सदस्य सञ्चारकर्मी शिव बन्जारासहितको समितिले गर्ने गरेको छ भने शब्दयात्रा प्रकाशनका संस्थापक सञ्चालक सदस्य अग्रज पत्रकार हरिगोपाल प्रधानले कदरपत्रको सम्पूर्ण व्यवस्थापन गर्दै आउनुभएको छ ।