प्रबुद्ध लेखक भरत जङ्गमद्वारा लिखित ‘नेपालको इतिहासमा रहेका भ्रम तथा निराकरण’ नामक अनुसन्धानात्मक पुस्तक शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित भएको छ ।
यस पुस्तकमा काभ्रेपलान्चोक जिल्लाका नीलकण्ठेश्वरधाम, शब्दयात्रा शारदा मन्दिर, उग्रेश्वर महादेव र धनेश्वर महादेव, भक्तपुर जिल्लाका हलिपट, तालोदम्फो, चाँगुनारायण मन्दिर, डोलेश्वर महादेव, सरस्वतीस्थान वागेश्वरी, वागेश्वर महादेव र अनन्तलिङ्गेश्वर महादेव, काठमाडौँ जिल्लाका हंसगृह द्रङ, पशुपतिनाथ मन्दिर, बानेश्वर महादेव र शिखरेश्वर महादेव, दोलखा जिल्लाका भीमेश्वर महादेव तथा कैलाली जिल्लाका प्रकाशेश्वर आदिका बारेमा चर्चा गरिएको छ ।