Home Blog Page 124

शब्दसञ्चारः फागुन ४, २०७७

0
  1. Episode 45 - Shabda Sanchar 27:10

नाम सिफारिस पठाउन अनुरोध

0

शब्दयात्रा प्रकाशनले पत्रकारिता विषय अध्ययनरत विपन्न तर जेहेन्दार काभ्रेली छात्रालाई हरेक वर्ष १० हजार रुपियाँ राशीको पत्रकारिता छात्रवृत्ति प्रदान गर्ने गरेको छ । २०७७ सालका लागि उक्त छात्रवृत्ति दिइने भएकाले उपयुक्त छात्राको नाउँ एक हप्ताभित्र उपलब्ध गराइदिन शैक्षिक संस्था तथा सम्बन्धित व्यक्तिलाई हार्दिक अनुरोध छ । छात्रवृत्तिका लागि पत्रकारिता विषय अध्ययनरत विपन्न तर जेहेन्दार काभ्रेली छात्राको नाउँ उपलब्ध गराउने ठेगाना शब्दयात्रा प्रकाशन, नीलकण्ठेश्वर धाम, बनेपा, काभ्रे, दूरभाषाङ्क ०११–४१५२१५ रहेको छ अथवा [email protected] मा इमेल पनि गर्न सक्नुहुनेछ ।

शब्दयात्रा प्रकाशनका विषयमा ‘शब्दचौतारी’ कार्यक्रम

0

नेपाल बोर्डर अनलाइन टीभीले शब्दयात्रा प्रकाशनका विषयमा ‘शब्दचौतारी’ नामक कार्यक्रम निर्माण गरेको छ । शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीसँग अन्तर्वार्ता लिएर तयार पारिएको उक्त कार्यक्रमका सञ्चालक रेणुका भट्टराई हुनुहुन्छ ।
शब्दयात्रा प्रकाशनद्वारा सञ्चालित विभिन्न कार्यक्रमहरूलाई केन्द्रविन्दुमा राखेर तयार पारिएको यो कार्यक्रम नेपाल बोर्डर अनलाइन टीभीको यु–ट्युब च्यानलबाट हेर्न सकिनेछ ।
शब्दयात्रा प्रकाशनबाट अर्को कवितासङ्ग्रह आउँदै
शब्दयात्रा प्रकाशनले ‘कुँडिएका मनहरू’ नामको कवितासङ्ग्रह प्रकाशन गर्ने भएको छ । कवयित्री किरण त्रिपाठी पन्तको दोस्रो पुस्तकका रूपमा यो कवितासङ्ग्रह प्रकाशन हुन लागेको हो । यस सङ्ग्रहमा गद्यकविताहरू सङ्कलित छन् ।
यसअघि उहाँको कथासङ्ग्रह ‘सुनकोसी सुसाइरहेछ’ २०६१ सालमा प्रकाशित भएको थियो । सङ्गीत, अभिनय, साहित्य र उद्घोषणमा रुचि राख्ने किरण त्रिपाठी पन्त हाल शिक्षण पेसामा आबद्ध हुनुहुन्छ ।

शब्दसाधक तीर्थ वृत्तचित्रमा

0

शब्दयात्रा प्रकाशनले बनेपामा स्थापना गरेको शब्दसाधक तीर्थका विषयमा साङराङ टीभीले वृत्तचित्र निर्माण गरेर बजारमा पठाएको छ । ‘नेपालमा पहिलोपटक एकै ठाउँमा पाँचजना स्रष्टाहरूको सालिक काभ्रेमा’ शीर्षक दिइएको उक्त वृत्तचित्रमा शब्दयात्रा प्रकाशनका तर्फबाट संस्थापक अध्यक्ष हरि मञ्जुश्रीलाई र टिप्पणीकारका रूपमा गीतिभास्कर मच्छेश्वर सापकोटालाई प्रस्तुत गरिएको छ ।
वृत्तचित्रको निर्माणपछि शब्दसाधक तीर्थमा आवतजावत गर्नेहरूको सङ्ख्या फेरि बढ्न थालेको छ । वृत्तचित्रका प्रस्तोता तथा छायाकार सुमनदेव चापागाईं हुनुहुन्छ । यो वृत्तचित्र साङराङ टीभीको यु–ट्युब च्यानलबाट हेर्न सकिनेछ ।

शब्दयात्रा प्रकाशनको ‘श्रीस्वस्थानी व्रतकथा’ हरेक अध्याय उपहार

0

शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित तथा नवीना श्रेष्ठद्वारा सम्पादित तथा अनूदित ‘श्रीस्वस्थानी व्रतकथा’ वाचन गरिएको अडियो शब्दयात्रा प्रकाशनले हरेक दिन आफ्ना पाठक तथा श्रोताका लागि सामाजिक सन्जालबाट उपहारस्वरूप पठाउने गरेको छ । अहिले स्वस्थानी व्रतको अवधि भएकाले हरेक दिन सम्बन्धित अध्याय पठाउने व्यवस्था गरिएको हो ।
ज्योतिष पण्डित रमेश अधिकारीले वाचन गर्नुभएको श्रीस्वस्थानी व्रतकथा अब यु–ट्युबमा उपलब्ध हुन थालेको छ ।

शब्दयात्रामा कविगोष्ठी

0

शब्दयात्रा प्रकाशनको आयोजनामा सहिद दिवसको अवसर पारी कविगोष्ठीको आयोजना गरियो । बनेपामा भएको उक्त गोष्ठीमा हरि मञ्जुश्री सभापति, इन्द्रमणि अधिकारी प्रमुख अतिथि, मच्छेश्वर सापकोटा विशेष अतिथि तथा शिव बन्जारा उद्घोषक हुनुहुन्थ्यो ।
कार्यक्रममा उपर्युक्त व्यक्तित्वहरूका अतिरिक्त शारदाप्रसाद शर्मा, प्रकाश उज्ज्वल बनेपा, केदारनाथ तिमल्सिना, सरस्वती सापकोटा, तारा सुनुवार अधिकारी, पं. रमेश अधिकारी, पुण्यवती घले, सहदीप पलान्चोके आदिले आआफ्ना कविता वाचन गर्नुभएको थियो । निर्मला श्रेष्ठ, दामोदर घिमिरे, छविलाल कुइँकेल, सुमनदेव चापागाईं, नवराज पराजुली, सङ्गीता केसी, श्री शर्मा मूर्ख, दीपकराम भण्डारी, उपेन्द्रप्रसाद पौडेल आदिको उपस्थितिले पनि कार्यक्रम शोभायमान थियो । उक्त कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ कार्यक्रमको १ सय १४ औँ शृङ्खलाका रूपमा सम्पन्न भएको थियो ।

‘नेपालको इतिहासमा रहेका भ्रम तथा निराकरण’ प्रकाशित

0

प्रबुद्ध लेखक भरत जङ्गमद्वारा लिखित ‘नेपालको इतिहासमा रहेका भ्रम तथा निराकरण’ नामक अनुसन्धानात्मक पुस्तक शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित भएको छ ।
यस पुस्तकमा काभ्रेपलान्चोक जिल्लाका नीलकण्ठेश्वरधाम, शब्दयात्रा शारदा मन्दिर, उग्रेश्वर महादेव र धनेश्वर महादेव, भक्तपुर जिल्लाका हलिपट, तालोदम्फो, चाँगुनारायण मन्दिर, डोलेश्वर महादेव, सरस्वतीस्थान वागेश्वरी, वागेश्वर महादेव र अनन्तलिङ्गेश्वर महादेव, काठमाडौँ जिल्लाका हंसगृह द्रङ, पशुपतिनाथ मन्दिर, बानेश्वर महादेव र शिखरेश्वर महादेव, दोलखा जिल्लाका भीमेश्वर महादेव तथा कैलाली जिल्लाका प्रकाशेश्वर आदिका बारेमा चर्चा गरिएको छ ।

शब्दसञ्चारः माघ २७, २०७७

0
  1. Episode 44 – Shabda Sanchar 26:54

शब्दसञ्चारः माघ २०, २०७७

0
  1. Episode 43 – Shabda Sanchar 31:41

काभ्रेका दुई पत्रकारलाई कदर गरिने

0

काभ्रेपलान्चोक जिल्लाका दुई पत्रकार मधुसूदन गुरागाईं र भगवती तिमल्सिनालाई शब्दयात्रा प्रकाशनले कदरपत्र प्रदान गर्ने भएको छ । हरेक वर्ष दुईजना काभ्रेली पत्रकारलाई कदरपत्र प्रदान गर्ने गरिएअनुसार २०७७ सालका लागि उहाँहरूलाई कदरपत्र प्रदान गर्न लागिएको हो ।

कदरपत्र प्रदान गर्नका लागि उपयुक्त काभ्रेली पत्रकारहरूको चयन शब्दयात्रा प्रकाशनका आजीवन सदस्य सञ्चारकर्मी शिव बन्जारासहितको समितिले गर्ने गरेको छ भने शब्दयात्रा प्रकाशनका संस्थापक सञ्चालक सदस्य अग्रज पत्रकार हरिगोपाल प्रधानले कदरपत्रको सम्पूर्ण व्यवस्थापन गर्दै आउनुभएको छ ।