शब्दयात्रा प्रकाशनले पत्रकारिता विषय अध्ययनरत विपन्न तर जेहेन्दार काभ्रेली छात्रालाई हरेक वर्ष १० हजार रुपियाँ राशीको पत्रकारिता छात्रवृत्ति प्रदान गर्ने गरेको छ । २०७७ सालका लागि उक्त छात्रवृत्ति दिइने भएकाले उपयुक्त छात्राको नाउँ एक हप्ताभित्र उपलब्ध गराइदिन शैक्षिक संस्था तथा सम्बन्धित व्यक्तिलाई हार्दिक अनुरोध छ । छात्रवृत्तिका लागि पत्रकारिता विषय अध्ययनरत विपन्न तर जेहेन्दार काभ्रेली छात्राको नाउँ उपलब्ध गराउने ठेगाना शब्दयात्रा प्रकाशन, नीलकण्ठेश्वर धाम, बनेपा, काभ्रे, दूरभाषाङ्क ०११–४१५२१५ रहेको छ अथवा [email protected] मा इमेल पनि गर्न सक्नुहुनेछ ।