शब्दयात्रा प्रकाशनले बनेपामा स्थापना गरेको शब्दसाधक तीर्थका विषयमा साङराङ टीभीले वृत्तचित्र निर्माण गरेर बजारमा पठाएको छ । ‘नेपालमा पहिलोपटक एकै ठाउँमा पाँचजना स्रष्टाहरूको सालिक काभ्रेमा’ शीर्षक दिइएको उक्त वृत्तचित्रमा शब्दयात्रा प्रकाशनका तर्फबाट संस्थापक अध्यक्ष हरि मञ्जुश्रीलाई र टिप्पणीकारका रूपमा गीतिभास्कर मच्छेश्वर सापकोटालाई प्रस्तुत गरिएको छ ।
वृत्तचित्रको निर्माणपछि शब्दसाधक तीर्थमा आवतजावत गर्नेहरूको सङ्ख्या फेरि बढ्न थालेको छ । वृत्तचित्रका प्रस्तोता तथा छायाकार सुमनदेव चापागाईं हुनुहुन्छ । यो वृत्तचित्र साङराङ टीभीको यु–ट्युब च्यानलबाट हेर्न सकिनेछ ।