शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित तथा नवीना श्रेष्ठद्वारा सम्पादित तथा अनूदित ‘श्रीस्वस्थानी व्रतकथा’ वाचन गरिएको अडियो शब्दयात्रा प्रकाशनले हरेक दिन आफ्ना पाठक तथा श्रोताका लागि सामाजिक सन्जालबाट उपहारस्वरूप पठाउने गरेको छ । अहिले स्वस्थानी व्रतको अवधि भएकाले हरेक दिन सम्बन्धित अध्याय पठाउने व्यवस्था गरिएको हो ।
ज्योतिष पण्डित रमेश अधिकारीले वाचन गर्नुभएको श्रीस्वस्थानी व्रतकथा अब यु–ट्युबमा उपलब्ध हुन थालेको छ ।