Home Blog Page 113

हरि मञ्जुश्री गोपाल पाँडे असीम पुरस्कारबाट पुरस्कृत

0

शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीलाई ५० हजार रुपियाँ र सम्मानपत्रसहितको ‘गोपाल पाँडे असीम पुरस्कार, २०७८’ प्रदान गरिएको छ । विविध विधाका कृति सिर्जनाका साथै विभिन्न रचनात्मक क्रियाकलापद्वारा नेपाली साहित्यको श्रीबृद्धिमा उल्लेखनीय योगदान पु¥याएकोमा उहाँलाई नेपाली शिक्षा परिषदले पुरस्कृत गरेको हो ।
नेपाली शिक्षा परिषदका अध्यक्ष रमा शर्मा सभापति, अग्रज कवि मुकुन्दशरण उपाध्याय प्रमुख अतिथि, पूर्वराजदूत डा. जयराज आचार्य अतिथि वक्ता र डा. इन्दिरा शर्मा कार्यक्रम सञ्चालक हुनुभएको पुरस्कार समर्पण कार्यक्रममा आयोजक संस्थाका गतिविधिबारे समाजसेवी लक्ष्मण थापाले र पुरस्कृत व्यक्तित्व हरि मञ्जुश्रीका विषयमा आख्यानकार भरत जङ्गमले जानकारी गराउनुभएको थियो । स्वागत भाषण संस्कृतिविद तेजेश्वरबाबु ग्वंगःले गर्नुभएको त्यस कार्यक्रममा कवि डा. बमबहादुर थापा जितालीले कविता वाचन गर्नुभएको थियो । कार्यक्रममा डा. मोहन लोहनी, रमेश खकुरेल, कोषराज न्यौपाने, प्रह्लाद पोखरेल, पवन आलोक, धनराज गिरी, होम सुवेदी, मुकुन्द शर्मा चालिसे, खोलाघरे साहिँलो, किरण थापा, चन्द्रवदना घिमिरे, नवीना श्रेष्ठ, हरिगोपाल प्रधान आदिको उपस्थिति रहेको थियो ।

शब्दसञ्चारः भदौ ०८, २०७८

0
  1. Episode 64 – Shabda Sanchar 29:05

शब्दसञ्चारः भदौ ०१, २०७८

0
  1. Episode 63 – Shabda Sanchar 26:40

हार्दिक बधाई

0

शब्दयात्रा प्रकाशनलाई स्नेह गरेर यस संस्थाको कार्यक्रममा उपस्थित भई कार्यक्रमको गरिमा बढाइदिने र यस संस्थाबाट प्रकाशित पुस्तकहरूमा आफ्नो मन्तव्य प्रदान गर्ने अग्रज कवि प्रह्लाद पोखरेल साझा प्रकाशनको महाप्रबन्धक बन्नुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौँ ।

शब्दयात्रा प्रकाशन परिवार

हार्दिक बधाई

0

शब्दयात्रा प्रकाशनद्वारा संस्थापित ‘शब्दयात्रा कर्मशीलता पुरस्कार’ बाट २०७५ सालमा पुरस्कृत लेखक दामोदर घिमिरे काठमाडौँ विश्वविद्यालयको अधिकृत पदमा बढुवा हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौँ ।

शब्दयात्रा प्रकाशन परिवार

शब्दयात्रा प्रकाशनबाट ‘शब्दचित्रमा हामी’ कवितासङ्ग्रह प्रकाशन हुने

0

शब्दयात्रा प्रकाशनबाट ‘शब्दचित्रमा हामी’ नामको कवितासङ्ग्रह प्रकाशन हुने भएको छ । यस सङ्ग्रहमा विभिन्न कवि–कवयित्रीका ‘शब्दचित्रमा म’ शीर्षकका कविताहरू रहनेछन् । यस सङ्ग्रहको सम्पादन समूहमा डा. इन्दुल केसी, जीवनाथ अधिकारी, डिल्लीराम गौतम, निर्मला श्रेष्ठ, पदम दाहाल, पुण्यवती घले र सुनील सापकोटा रहनुभएको छ ।

शब्दयात्रा कर्मशीलता पुरस्कार डा. इन्दुल केसीलाई प्रदान गरिने

0

शब्दयात्रा प्रकाशनले २०७८ सालको शब्दयात्रा कर्मशीलता पुरस्कार डा. इन्दुल केसीलाई प्रदान गर्ने भएको छ । शब्दयात्रा प्रकाशनको उन्नयनका लागि योगदान गर्ने व्यक्तिलाई हरेक वर्ष प्रदान गरिने यो पुरस्कार गत वर्ष सकुल थापालाई प्रदान गरिएको थियो ।

हरि मञ्जुश्रीसँग जुम संवादको आयोजना —

0

शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीसँग सूचना चौतारीका तर्फबाट जुम संवादको आयोजना गरियो । ‘लोकतन्त्र, महामारी र देश’ शीर्षकको नवीनतम शृङ्खलाको उक्त जुम संवाद गत २८ गते बिहीबार आयोजना गरिएको थियो । त्यस शृङ्खलामा उहाँलाई आयोजकका तर्फबाट आग्रह गरिएअनुसार उहाँले ग्रन्थसम्पादक जीवनचन्द्र कोइरालाका विषयमा आफूले थाहा पाएका जानकारीहरू व्यक्त गर्नुभएको थियो । उहाँका साथमा नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. डा. कुलप्रसाद कोइराला तथा सञ्चारकर्मीद्वय पुरुषोत्तम दाहाल र जीवनाथ धमलाले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो । कवि कलानिधि दाहालले कविता वाचन गर्नुभएको उक्त कार्यक्रममा डा. तुलसी भट्टराई, वनमाली निराकार आदि पनि उपस्थित हुनुहुन्थ्यो । कार्यक्रमको सञ्चालन कवि तथा सञ्चारकर्मी मनोज न्यौपानेले गर्नुभएको थियो ।

शब्दसञ्चारः साउन २६, २०७८

0
  1. Episode 62 – Shabda Sanchar 29:07

हार्दिक समवेदना

0

शब्दयात्रा प्रकाशनबाट संस्थापित शब्दयात्रा वसन्त शर्मा कविताकाव्य सम्मानद्वारा २०७० सालमा सम्मानित व्यक्तित्व तथा शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ‘भरतांशु’ महाकाव्यका रचनाकार नीलकण्ठ भट्टराई भौतिक देह यसै धरामा त्याग गरी परलोकतर्फ प्रस्थान गर्नुभएको हुँदा उहाँको आत्मा परमात्मामा एकाकार होस् भन्ने कामना गर्दै उहाँका शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ ।

शब्दयात्रा प्रकाशन परिवार