शब्दयात्रा प्रकाशनबाट ‘शब्दचित्रमा हामी’ नामको कवितासङ्ग्रह प्रकाशन हुने भएको छ । यस सङ्ग्रहमा विभिन्न कवि–कवयित्रीका ‘शब्दचित्रमा म’ शीर्षकका कविताहरू रहनेछन् । यस सङ्ग्रहको सम्पादन समूहमा डा. इन्दुल केसी, जीवनाथ अधिकारी, डिल्लीराम गौतम, निर्मला श्रेष्ठ, पदम दाहाल, पुण्यवती घले र सुनील सापकोटा रहनुभएको छ ।