Home Blog Page 107

पत्रकारिता छात्रवृत्तिका लागि सिफारिस आह्वान

0

काभ्रेपलान्चोक जिल्लामा जन्मेर आफ्नै जिल्लामा ११ अथवा १२ कक्षामा पत्रकारिता मूल विषय लिई अध्ययन गर्ने गरिब तथा जेहेन्दार एक छात्रालाई शब्दयात्रा प्रकाशनले हरेक वर्ष ‘शब्दयात्रा द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति’ प्रदान गर्दै आएको हुनाले २०७८ सालको छात्रवृत्ति प्रदान गर्नका लागि उपयुक्त छात्राको नाम सिफारिस गरिदिन आह्वान गरिएको छ ।

चयन समिति गठन

0

शब्दयात्रा प्रकाशनले २०७८ सालको दोस्रो चरणको सम्मान कार्यक्रमका लागि तीन सदस्यीय चयन समिति बनाएको छ । समितिका संयोजक उद्धवप्रसाद भट्टराई तथा सदस्यहरू ऋषि निर्दोष र रामकृष्ण तिमिल्सिना हुनुहुन्छ ।

प्रकृति प्याकुरेल र चन्द्रबहादुर खड्का आजीवन सदस्य

0

शब्दयात्रा प्रकाशनले प्रकृति प्याकुरेललाई आजीवन सदस्यता प्रदान गरेको छ । उहाँ सहकारीकर्मी तथा व्यवस्थापन विषयकी छात्रा हुनुहुन्छ । शब्दयात्रा प्रकाशनको आजीवन सदस्यता ग्रहण गर्नुभएकोमा प्रकृति प्याकुरेललाई हार्दिक बधाई छ ।
यसै गरी समाजसेवी, पूर्वप्रशासक तथा साहित्यकार चन्द्रबहादुर खड्काले पनि शब्दयात्रा प्रकाशनको आजीवन सदस्यता ग्रहण गर्नुभएको छ । उहाँ सुभाष स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष पनि हुनुहुन्छ । उहाँका ‘रोएको मन’ (गीतसङ्ग्रह) र ‘बटुलबाटुल’ (लेखसङ्ग्रह) नामक दुई कृति प्रकाशित छन् । शब्दयात्रा प्रकाशनको आजीवन सदस्य बन्नुभएकोमा उहाँलाई पनि हार्दिक बधाई छ ।

सम्मानका लागि नाम आह्वान

0

शब्दयात्रा प्रकाशनले २०७८ सालको दोस्रो चरणको सम्मान कार्यक्रममा सम्मान गर्न राष्ट्रिय स्तरमा सुपरिचित बालसाहित्यकार, अनुसन्धाता, आमसञ्चारकर्मी, आध्यात्मिक पत्रिका वा प्रवाचक, साहित्यिक पत्रिका, समालोचक, फोटो पत्रकार, महिला प्रतिभा र कवि वा काव्यकारको नाउँ र योगदानको विवरण यही २०७८ सालको पुस महिनाभित्र आइपुग्ने गरी पठाइदिन इच्छुक सबैमा अनुरोध गरेको छ । सम्मान गरिने व्यक्ति वा संस्थाको निर्णय सिफारिस प्राप्त भएका व्यक्ति वा संस्थामध्येबाट मात्रै चयन समितिले गर्नेछ ।

शब्दयात्रा प्रकाशनबाट जन्मदिवस मनाइयो

0

शब्दयात्रा प्रकाशन काभ्रेपलान्चोक सम्पर्क केन्द्रले समाजसेवी चन्द्रबहादुर खड्काको जन्मदिवस सार्वजनिक रूपमा मनाएको छ । काभ्रेपलान्चोक सम्पर्क केन्द्र बनेपाको कार्यालयमा उपस्थित हुनुभएका शिव बन्जारा, सहदीप पलान्चोके, पुण्यवती घले, सङ्गीता केसी, पूर्णबहादुर कार्की, केशव थापा, प्रदीप खड्का, कुमाले मिजार आदिसहित शब्दयात्रा प्रकाशन र सुभाष स्मृति प्रतिष्ठानका सदस्यहरूको समुपस्थितिमा दीप, कलश, गणेश र अष्टचिरञ्जीवीको पूरा गरी शङ्ख–घण्टको ध्वनिका साथ उहाँको जन्मदिवस मनाइएको हो । पूजा सामग्रीको व्यवस्थापन शकुन्तला बन्जाराले गर्नुभएको थियो । त्यस बखत शब्दयात्रा प्रकाशन काभ्रेपलान्चोक सम्पर्क केन्द्रका तर्फबाट उहाँलाई कवितात्मक उपहारपत्र समर्पण गरिएको थियो । उपहारपत्रमा शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्री र काभ्रेपलान्चोक सम्पर्क केन्द्रका संयोजक साधुराम गिरीले हस्ताक्षर गर्नुभएको छ । कवितामा लेखिएको छ —

महामना महाकर्मी सबैका पात्र–आदर ।
कीर्तिशाली राष्ट्रसेवी खड्का चन्द्रबहादुर !
राष्ट्रसौरभ फैलाई बन्नुभो राष्ट्रगौरव ।
सुकीर्ति फैलियोस् सारा नेपाल राष्ट्रमा अब ।।
फुर्तिलो–हँसिलो बन्दै विद्या–बुद्धि सिकाउनोस् ।
राष्ट्रलाई दिने जे–जे इच्छा छ त्यो पु¥याउनोस् ।।
दिनोस् दिनोस् दिनोस् धेरै दिनोस् धेरै दिनोस् दिनोस् ।
भलो मात्र सधैँ गर्नोस्, निरोगी भै सुखी हुनोस् ।।
सारा मानवले हिँड्नैपर्ने सुमार्ग खन्नुहोस् ।
सबै नवीन पुस्ताका निम्ति आदर्श बन्नुहोस् ।।
नपरोस् कहिल्यै पीर, मनमा नित्य शान्ति होस् ।
दीर्घजीवी हुनोस्, हाम्रो यो कामना सबै पुगोस् ।।

शब्दसञ्चारः पौष १३, २०७८

0
  1. Episode 82 – Shabda Sanchar 31:36

पुरस्कारका लागि शब्दयात्रामा अर्को अक्षयकोष

0
शब्दयात्रा प्रकाशनले काभ्रेपलान्चोक जिल्लामा जन्मेर कुनै पनि क्षेत्रमा राष्ट्रिय स्तरको योगदान गरेको व्यक्तिलाई नगद रकम, रुद्राक्षको माला, अभिवन्दनापत्र र शब्दयात्रा पट्टसहित २०७९ सालदेखि हरेक वर्ष पुरस्कृत गर्ने भएको छ । पुरस्कारको नाम ‘शब्दयात्रा लीला–मध्यमार्ग काभ्रेपलान्चोक प्रतिभा पुरस्कार’ राखिएको छ । त्यसका लागि ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका वडा नं। ७ चाँगाथलीमा ध्रुव थापा र कल्पना थापाका सुपुत्रका रूपमा जन्मेर हाल अस्ट्रेलियामा बसोवास गर्ने निरोज थापाले आफ्ना मावली हजुरबुबा पनौतीका समाजसेवी लीलाबहादुर केसीको सम्मान तथा स्मृतिमा ‘लीला–मध्यमार्ग सम्मानकोष’ मार्फत पुरस्कारको आर्थिक व्यवस्थापन गरिदिनुभएको छ । यससम्बन्धी सम्झौतापत्रमा शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले शब्दयात्रा प्रकाशनका तर्फबाट र ‘लीला–मध्यमार्ग सम्मानकोष’ का संयोजक तथा निरोज थापाका मामा प्रदीप केसीले निरोज थापाका तर्फबाट हस्ताक्षर गर्नुभएको छ । काभ्रेपलान्चोक जिल्लाका राष्ट्रिय प्रतिभाका लागि पुरस्कारको व्यवस्थापन गरिदिनुभएकोमा निरोज थापा र प्रदीप केसीप्रति शब्दयात्रा प्रकाशन हार्दिक आभार व्यक्त गर्दछ ।

प्रदीप केसी पनि आजीवन सदस्य

0
‘मध्यमार्ग साप्ताहिक’ का सम्पादक–प्रकाशक तथा ‘लीला–मध्यमार्ग अक्षयकोष’ का संयोजक प्रदीप केसीले शब्दयात्रा प्रकाशनको आजीवन सदस्यता ग्रहण गर्नुभएको छ । उहाँ लेखक, छापाखाना व्यवसायी तथा समाजसेवी पनि हुनुहुन्छ । शब्दयात्रा प्रकाशनको आजीवन सदस्यता ग्रहण गर्नुभएकोमा प्रदीप केसीलाई हार्दिक बधाई छ ।

शब्दयात्रा पुस्तकालयलाई उपहार प्रदान

0

शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि सर्लाहीको हरिवनबाट सम्पादक तथा लेखक पार्थमणि भट्टराईले आफ्ना केही पुस्तकहरू उपहारस्वरूप पठाइदिनुभएको छ । उहाँले पठाउनुभएका ती पुस्तकहरू डा. श्याम भट्टराईले हस्तान्तरण गर्नुभएको छ भने शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले ग्रहण गर्नुभएको छ । शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि आफ्ना केही पुस्तकहरू उपहारस्वरूप पठाइदिनुभएकोमा सम्पादक तथा लेखक पार्थमणि भट्टराईप्रति शब्दयात्रा प्रकाशनले हार्दिक आभार व्यक्त गरेको छ ।

 

आजीवन सदस्यता ग्रहण

0
आध्यात्मिक चिन्तक, लेखक, योगप्रशिक्षक तथा तनाव व्यवस्थापक उद्धवप्रसाद भट्टराईले शब्दयात्रा प्रकाशनको आजीवन सदस्यता ग्रहण गर्नुभएको छ । उहाँ वित्तीय संस्थाका पूर्वव्यवस्थापक तथा समाजसेवी पनि हुनुहुन्छ । शब्दयात्रा प्रकाशनको आजीवन सदस्यता ग्रहण गर्नुभएकोमा उद्धवप्रसाद भट्टराईलाई हार्दिक बधाई छ ।