Home Blog Page 106

शब्दयात्रा प्रकाशनका सदस्यको स्वास्थ्यपरीक्षण निःशुल्क गरी औषधिको मूल्यमा छुट दिने

0

भक्तपुर जिल्लाको बागमती फार्मेसीले शब्दयात्रा प्रकाशनको आजीवन सदस्यताको प्रमाणपत्र लिएका व्यक्तिहरूका लागि चिकित्सकीय परीक्षण निःशुल्क गरिदिने भएको छ । यसै गरी शब्दयात्रा प्रकाशनको सम्पर्क केन्द्रका संयोजकहरूले सिफारिस गरेका व्यक्तिहरूका लागि हरेक प्रकारका औषधिमा औषधिका आधारमा न्यूनतम १२ प्रतिशतदेखि अधिकतम १५ प्रतिशतसम्म छुट दिई काभ्रेपलान्चोक, भक्तपुर, काठमाडौँ र ललितपुर जिल्लाका सम्पर्क केन्द्रका कार्यालयहरूसम्म हरेक पन्ध्र दिनमा एक दिन औषधि पु¥याइदिने भएको छ ।
शब्दयात्रा प्रकाशन र बागमती फार्मेसीका बीचमा यससम्बन्धी औपचारिक सम्झौतापत्र सम्पन्न भइसकेको छ । शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित विशेष कार्यक्रममा शब्दयात्रा प्रकाशनका तर्फबाट आजीवन सदस्य अमृत अधिकारीले र बागमती फार्मेसीका तर्फबाट सञ्चालक डा. भास्कर हुमागाईंले यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ । त्यस बखत शब्दयात्रा प्रकाशनका तर्फबाट संस्थापक अध्यक्ष हरि मञ्जुश्री र बागमती फार्मेसीका तर्फबाट रश्मि हुमागाईं पनि उपस्थित हुनुहुन्थ्यो ।

‘श्वेताम्बरी’ र ‘विकसित नेपाल सम्पन्न नेपाली’ सार्वजनिक

0

शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित दुई पुस्तक सार्वजनिक गरिएका छन् । सार्वजनिक गरिएका पुस्तकहरूमा कवि पदम दाहालद्वारा लिखित कवितासङ्ग्रह ‘श्वेताम्बरी’ र कृष्णप्रसाद भट्टराईद्वारा लिखित ‘विकसित नेपाल सम्पन्न नेपाली’ रहेका छन् । शब्दयात्रा प्रकाशनको सभाकक्ष बनेपामा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथिका रूपबाट माननीय प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दुवै पुस्तकलाई थैलीबाट झिकेर सार्वजनिक गरिदिनुभएको थियो । ‘श्वेताम्बरी’ लाई साहित्यकार प्रेमा उदासले र ‘विकसित नेपाल सम्पन्न नेपाली’ लाई प्रा. केदारनाथ श्रेष्ठले पनि साथसाथै सार्वजनिक गरिदिनुभएको थियो । ‘श्वेताम्बरी’ का विषयमा समालोचक प्रा. डा. कृष्णप्रसाद दाहालले र ‘विकसित नेपाल सम्पन्न नेपाली’ का विषयमा समालोचक डा. श्याम भट्टराईले समीक्षा गर्नुभएको थियो । कार्यक्रममा कृतिकार पदम दाहालले ‘श्वेताम्बरी’ भित्रको एउटा कविता वाचन गर्नुभएको थियो ।

शब्दयात्रा प्रकाशनमा विशेष साहित्यिक कार्यक्रम सम्पन्न

0

शब्दयात्रा प्रकाशनको आयोजनामा यही २०७८ साल पुस २४ गते शनिबार विशेष साहित्यिक कार्यक्रमको आयोजना गरियो । माननीय प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले गर्नुभएको थियो । शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित उक्त कार्यक्रममा मञ्चस्थ महानुभावहरूलाई शब्दयात्रा प्रकाशनका आजीवन सदस्य पुण्यवती घलेले रुद्राक्षको माला लगाइदिनुभएको थियो भने प्रमुख अतिथिलाई शिक्षासेवी पूर्णबहादुर कर्माचार्यले शब्दयात्रा प्रकाशनका तर्फबाट उपहार समर्पण गर्नुभएको थियो । उक्त कार्यक्रममा शब्दयात्रा प्रकाशनद्वारा संस्थापित तथा गीतकार लीला श्रेष्ठद्वारा व्यवस्थापित ‘शब्दयात्रा केदारनाथ — लीला श्रेष्ठ सङ्खुवासभा प्रतिभा पुरस्कार, २०७८’ समर्पण गरिएको थियो भने शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित तथा पदम दाहालद्वारा लिखित ‘श्वेताम्बरी’ नामक कवितासङ्ग्रह र कृष्णप्रसाद भट्टराईद्वारा लिखित ‘विकसित नेपाल सम्पन्न नेपाली’ नामक पुस्तकलाई सार्वजनिक गरिएको थियो । उक्त समारोहमा नै शब्दयात्रा प्रकाशनले बागमती फार्मेसीसँग सम्झौता गरेको थियो भने शब्दयात्रा प्रकाशन पुस्तकालयलाई केही पुस्तकहरू उपहारस्वरूप प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन शब्दयात्रा प्रकाशन काभ्रेपलान्चोक सम्पर्क केन्द्रका संयोजक साधुराम गिरीले गर्नुभएको थियो भने कार्यक्रमको समीक्षा गर्दै समापन शिक्षासेवी माधवप्रसाद आचार्यले गर्नुभएको थियो । शब्दयात्रा प्रकाशनका कार्यालय व्यवस्थापक सङ्गीता केसीले सामग्रीहरूको व्यवस्थापन गर्नुभएको उक्त कार्यक्रमको छायाङ्कन तथा अभिलेखाङ्कन सफ्टवेयर इन्जिनियर रोशन मञ्जुश्री अधिकारीबाट गरिएको थियो । उक्त कार्यक्रममा शब्दयात्रा प्रकाशनका आजीवन सदस्यहरू केदारनाथ तिमिल्सिना र सहदीप पलान्चोके आदिसहित उद्धवप्रसाद नेपाल, लोकमान मास्के, प्रजापति तिमिल्सिना, लालबहादुर भुजेल, श्री शर्मा मूर्ख लगायतका विद्वतवर्ग समुपस्थित हुनुहुन्थ्यो ।

प्रमुख निर्वाचन आयुक्त शब्दसाधक तीर्थमा

0

माननीय प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले शब्दयात्रा प्रकाशनद्वारा निर्मित शब्दसाधकका सालिकहरू, शब्दयात्रा स्तम्भ, शब्दयात्रा शारदा मन्दिर, शब्दयात्रा प्रकाशन पुस्तकालय, शब्दयात्रा प्रकाशनको कार्यालय आदिको अवलोकन गर्नुभएको छ । उहाँका साथमा शब्दसाधक तीर्थको अवलोकन गर्नेहरूमा राष्ट्रका सम्मानित व्यक्तित्वहरू साहित्यकार ज्ञान उदास, समालोचक प्रा. डा. कृष्णप्रसाद दाहाल, कवि लोकमान मास्के, अन्वेषक लालबहादुर भुजेल आदि पनि हुनुहुन्थ्यो ।

शब्दसंवादमा पोष चापागाईबाट नियात्राको चर्चा

0

शब्दयात्रा प्रकाशन काभ्रेपलान्चोक सम्पर्क केन्द्रको आयोजनामा भएको ‘कर्मयोद्धासँग शब्दसंवाद’ नामक साप्ताहिक प्रवचन कार्यक्रममा अग्रज नियात्राकार पोष चापागाईंले नियात्रा साहित्यमा हुनुपर्ने तत्त्वहरूका विषयमा प्रवचन गर्नुभयो । उहाँले यात्रा, नियात्रा, यात्रासंस्मरण जस्ता शब्दहरूले दिने अर्थको भिन्नताको चर्चासमेत गर्नुभयो र यात्रालेखकले ध्यान दिनुपर्ने कुराहरूका विषयमा पनि जानकारी दिनुभयो । जुमका माध्यमबाट सम्पन्न उक्त कार्यक्रममा शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले प्रवाचक पोष चापागाईंको सङ्क्षिप्त चिनारी गराउनुभएको थियो । कार्यक्रममा अग्रज नियात्राकार घनश्याम राजकर्णिकार, डा. इन्दुल केसी, सुनील सापकोटा, गोविन्द चापागाई, बलराम अधिकारी, शिव बन्जारा, पुण्यवती घले, दीपक तिमल्सिना आदिको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन काभ्रेपलान्चोक सम्पर्क केन्द्रका संयोजक साधुराम गिरीले गर्नुभएको थियो ।

चयन समिति गठन

0

शब्दयात्रा प्रकाशनले २०७८ सालको दोस्रो चरणको सम्मान समर्पण समारोहमा सम्मान समर्पण गर्नका लागि विभिन्न नौ विधाका राष्ट्रिय व्यक्तित्वहरूको नाउँ चयन गर्न आध्यात्मिक लेखक उद्धवप्रसाद भट्टराईको संयोजकत्वमा ऋषि निर्दोष र रामकृष्ण तिमिल्सिना सदस्य रहेको तीन सदस्यीय चयन समिति गठन गरेको छ ।

शब्दसञ्चारः पौष २०, २०७८

0
  1. Episode 83 – Shabda Sanchar 29:42

‘जनताका साथी (शशिधर तिमिल्सिना स्मृतिग्रन्थ)’ सार्वजनिक

0

शब्दयात्रा प्रकाशनले आफ्नो १ सय ६५ औँ प्रकाशनपुष्पका रूपमा प्रकाशित ‘जनताका साथी’ नामक शशिधर तिमिल्सिना स्मृतिग्रन्थलाई सार्वजनिक गराएको छ । शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले सम्पादन गर्नुभएको उक्त स्मृतिग्रन्थलाई प्रमुख अतिथिद्वय राष्ट्रिय समावेशी आयोगका माननीय अध्यक्ष डा. रामकृष्ण तिमल्सेना र पूर्वमन्त्री केशव बडाल तथा अतिथि शिक्षासेवी रामप्रसाद अधिकारीले संयुक्त रूपबाट सार्वजनिक गरिदिनुभएको थियो । ‘जनताका साथी’ नामक शशिधर तिमिल्सिना स्मृतिग्रन्थ हरि मञ्जुश्रीको १ सय ३२ औँ पुस्तक हो ।
‘जनताका साथी’ नामक शशिधर तिमिल्सिना स्मृतिग्रन्थमा शशिधर तिमिल्सिनाका बारेमा केशव बडाल, शिवबहादुर देउजा, रामहरि सुवेदी र टीपी शर्माका साथमा ऋषि ‘निर्दोष’, कमलप्रसाद तिमिल्सिना, कृष्णप्रसाद खनाल, खड्ग खरेल, गङ्गा लुइटेल, चन्द्रमणि तिमिल्सिना, नवराज तिमिल्सिना, नारायणप्रसाद तिमिल्सिना, भवानीशङ्कर तिमिल्सिना, शालिग्राम तिमिल्सिना, बद्री तिमिल्सिना, बद्रीप्रसाद ढुङ्गाना, भैरव केसी, यादव हुमागाई, रामकृष्ण तिमिल्सिना, विजयराज पौड्याल, विमला शर्मा अधिकारी र शम्भुप्रसाद तिमिल्सिनाका लेख, संस्मरण र कविताहरू सङ्कलित छन् । तीबाहेक शशिधर तिमिल्सिनाको पारिवारिक विवरण, शशिधर तिमिल्सिनासम्बन्धी पूर्वप्रकाशन, कागजात र तस्बिरहरू राखिएका छन् ।
स्मृतिग्रन्थ र शशिधर तिमिल्सिनाका विषयमा केशव बडाल, शिवबहादुर देउजा, प्रेमबहादुर तिमिल्सिना, विजयराज पौड्याल र बद्री तिमिल्सिनाले मन्तव्य व्यक्त गर्नुभएको उक्त समारोहको टिप्पणीसहित विसर्जन नमोबुद्ध नगरपालिकाका प्रमुख टीपी शर्मा तिमिल्सिनाले र प्रमुख अतिथिलाई शब्दयात्रा प्रकाशनका तर्फबाट उपहार समर्पण चन्द्रबहादुर खड्काले गर्नुभएको थियो । समारोहको सभापतित्व शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले, सञ्चालन शब्दयात्रा प्रकाशन काभ्रेपलान्चोक सम्पर्क केन्द्रका संयोजक साधुराम गिरी र शिक्षासेवी बद्री तिमिल्सिनाले, स्वस्तिवाचन तपोधन कुइकेलले, मञ्चस्थ महानुभावहरूलाई गलबन्दी अर्पण अमृत अधिकारी र प्रकृति प्याकुरेलले एवं अन्य व्यवस्थापन सङ्गीता केसी र दीपक तिमिल्सिनाले गर्नुभएको थियो । उपस्थित सम्पूर्ण महानुभावहरूलाई स्मृतिग्रन्थ निःशुल्क वितरण गरिएको थियो ।
समारोहमा धुलिखेल नगरपालिकाका उपमेयर विमला शर्मा, गीतिभास्कर मच्छेश्वर सापकोटा, केदारनाथ तिमिल्सिना, डा. इन्दुल केसी, शिव बन्जारा, शकुन्तला बन्जारा, पदम दाहाल, सुनील सापकोटा, चूडाप्रसाद चौलागाई, पूर्णबहादुर कार्की आदिलगायत राजनीतिकर्मी, शिक्षासेवी, समाजसेवी, पत्रकार आदिको बाक्लो उपस्थिति थियो । कार्यक्रमलाई सफ्टवेयर इन्जिनियर रोशन मञ्जुश्री अधिकारीले लाइभ प्रसारण गराउनुभएको थियो ।

शब्दयात्रा पुस्तकालयलाई पुस्तक उपहार

0

पूर्वमन्त्री, राजनीतिज्ञ, सहकारीविज्ञ तथा लेखक केशव बडालले शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि आफूले लेखेका केही पुस्तकहरू उपहारस्वरूप प्रदान गर्नुभएको छ । ती पुस्तकहरू पुस्तकालयका तर्फबाट शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले ग्रहण गर्नुभएको छ । आफ्ना प्रकाशनहरू पुस्तकालयको प्रयोजनका निम्ति उपलब्ध गराउनुभएकोमा पूर्वमन्त्री केशव बडालप्रति शब्दयात्रा प्रकाशनले हार्दिक आभार व्यक्त गरेको छ ।
यसै गरी व्यवस्थापनविज्ञ तथा लेखक चन्द्रमान प्रधानले पनि डा. इन्दुल केसीमार्फत शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि आफ्नो पुस्तक उपहारस्वरूप उपलब्ध गराउनुभएको छ । यसका लागि उहाँप्रति पनि शब्दयात्रा प्रकाशनले हार्दिक आभार व्यक्त गरेको छ ।

विकलाङ्ग छात्रवृत्तिका लागि सिफारिस आह्वान

0

शब्दयात्रा प्रकाशनले यसै वर्षदेखि शारीरिक रूपमा विकलाङ्ग र आर्थिक रूपमा कमजोर रहेका जेहेन्दार एकजना विद्यार्थीलाई ‘भूप–मुक्ति विकलाङ्ग छात्रवृत्ति’ प्रदान गर्ने भएको हुँदा उपयुक्त छात्रा या छात्रको नाउँ सिफारिस गरिदिन आह्वान गरिएको छ ।