शब्दयात्रा प्रकाशनले २०७८ सालको दोस्रो चरणको सम्मान कार्यक्रममा सम्मान गर्न राष्ट्रिय स्तरमा सुपरिचित बालसाहित्यकार, अनुसन्धाता, आमसञ्चारकर्मी, आध्यात्मिक पत्रिका वा प्रवाचक, साहित्यिक पत्रिका, समालोचक, फोटो पत्रकार, महिला प्रतिभा र कवि वा काव्यकारको नाउँ र योगदानको विवरण यही २०७८ सालको पुस महिनाभित्र आइपुग्ने गरी पठाइदिन इच्छुक सबैमा अनुरोध गरेको छ । सम्मान गरिने व्यक्ति वा संस्थाको निर्णय सिफारिस प्राप्त भएका व्यक्ति वा संस्थामध्येबाट मात्रै चयन समितिले गर्नेछ ।