Activities, Featured

शब्दयात्रा प्रकाशन के गर्दैछ ? 

— कविराज ढकाल शब्दयात्रा प्रकाशन विगत पाँच वर्षअघिदेखि काभ्रे जिल्लालाई केन्द्र बनाएर राष्ट्रिय स्तरका विभिन्न गतिविधिहरू गरिरहेको छ । यस संस्थाले : ‘नेपालभूमि’ नामक विचारप्रधान राष्ट्रिय साप्ताहिक पत्रिका नियमित रूपमा प्रकाशन गरी सामाजिक उत्तरदायित्वअन्तर्गत हरेक हप्ता ५०० प्रति पत्रिका निःशुल्क वितरण गरिरहेको छ । ‘अक्षरधाम’…

Activities, Featured

अधिकारी प्रतिष्ठानमा हरि मञ्जुश्री 

काभ्रे जिल्लामा रहेका कश्यपगोत्रीय अधिकारीहरूको भेला गत भाद्र ९ गते बिहीबार बनेपाको नीलकण्ठेश्वर महादेव मन्दिरको परिसरमा सम्पन्न भयो । शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री अधिकारीको सभापतित्व तथा अन्वेषक राजेन्द्र विरही अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त भेलाले कश्यपगोत्रीय अधिकारी वंश प्रतिष्ठान काभ्रे शाखा गठन गर्ने निर्णय…

Activities

सम्मान समर्पण र पुस्तक सार्वजनिकीकरण कार्यक्रम १४ गते 

शब्दयात्रा प्रकाशनले आगामी १४ गते मङ्गलबार सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण कार्यक्रमको आयोजना गर्ने भएको छ । उक्त कार्यक्रममा २०७३ सालका लागि प्रा. डा. गोपाल शिवाकोटीलाई नेपालभूमि साप्ताहिकद्वारा व्यवस्थापित नेपालभूमि स्तम्भकार सम्मान, गुगुल्डी साहित्यिक पत्रिकालाई योगेन्द्र खत्रीद्वारा व्यवस्थापित शब्दयात्रा साहित्यिक पत्रिका सम्मान, गौरी आध्यात्मिक पत्रिकालाई…

Activities

शब्दयात्राबाट ‘मेरो दुःखी जीवन’ 

शब्दयात्रा प्रकाशनले ७२ औँ प्रकाशनपुष्पका रूपमा ‘मेरो दुःखी जीवन’ नामक पुस्तक प्रकाशन गरेको छ । उक्त पुस्तक २००३ सालमा काभ्रे जिल्लाको मङ्गलटारमा जन्मेका र शिक्षा हासिल गर्नबाट वञ्चित रहेका कुलबहादुर बन्जाराद्वारा लेखिएको हो । ‘मेरो दुःखी जीवन’ साहित्यिक श्रीवृद्धिका लागि प्रकाशन गरिएको नभई विद्यालय नगएको…

Activities, Featured

दुई पत्रकार र दुई पत्रिकालाई सम्मान गरिने 

शब्दयात्रा प्रकाशनले आगामी भदौ महिनामा नेपालभूमि स्तम्भकार सम्मानबाट प्रा. डा. गोपाल शिवाकोटीलाई, शब्दयात्रा साहित्यिक पत्रिका सम्मानबाट ‘गुगुल्डी’ (साहित्यिक पत्रिका) लाई, शब्दयात्रा आध्यात्मिक पत्रकारिता सम्मानबाट ‘गौरी’ (आध्यात्मिक पत्रिका) लाई र शब्दयात्रा फोटो पत्रकारिता सम्मानबाट फोटो पत्रकार मङ्गलमोहन श्रेष्ठलाई सम्मान गर्ने भएको छ । गत साउन ३०…

Activities

शब्दयात्रा कदरपत्र रमेशप्रसाद न्यौपाने र नगेन्द्र अधिकारीलाई 

शब्दयात्रा प्रकाशनले काभ्रेमा क्रियाशील दुईजना पत्रकारलाई हरेक वर्षको भदौ महिनामा प्रदान गर्ने गरेको कदरपत्रमध्ये २०७३ सालका लागि ‘काभ्रे टाइम्स साप्ताहिक’ का कार्यकारी सम्पादक रमेशप्रसाद न्यौपाने र ‘कान्तिपुर’ दैनिकका काभ्रे संवाददाता नगेन्द्र अधिकारीलाई प्रदान गर्ने भएको छ । पत्रकारद्वय रमेशप्रसाद न्यौपाने र नगेन्द्र अधिकारीलाई उहाँहरूले शब्दयात्रा…

Activities

शब्दयात्राबाट समवेदना 

शब्दयात्रा प्रकाशनबाट २०७० साल माघमा हरि मञ्जुश्रीको सम्पादनमा प्रकाशित ‘नेपाली पत्रकारितामा निर्भीक’ नामक अभिनन्दनग्रन्थका नायक तथा यस संस्थाका शुभेच्छुक अग्रज पत्रकार डिल्लीराम निर्भीकको निधनप्रति शोकाकुल बन्दै उहाँको आत्मशान्तिको कामना गरेको छ र उहाँका परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ । डिल्लीराम निर्भीक १९९५ साल माघ…

Activities, Featured

शब्दयात्राबाट प्राविधिज्ञ आह्वान 

शब्दयात्राबाट प्राविधिज्ञ आह्वान मुनाफा वितरण नगर्ने कम्पनीका रूपमा स्थापना भई राष्ट्रिय स्तरका विभिन्न वाङ्मयिक गतिविधिहरू सञ्चालन गरिरहेको शब्दयात्रा प्रकाशनलाई सूचना–प्रविधिसम्बन्धी सेवा प्रदान गर्न सक्ने एकजना दक्ष प्राविधिज्ञको सेवा आवश्यक भएकाले त्यसका लागि शब्दयात्रा प्रकाशनले एक सूचना प्रकाशित गरेको छ । (क) सेवा: सूचना–प्रविधिसम्बन्धी सेवा (ख)…

Activities

शब्दयात्राको साधारण सभा भदौ १४ गते 

शब्दयात्रा प्रकाशनको साधारणसभा आगामी भदौ १४ गते मङ्गलबार बिहान १० बजे प्रकाशनको आफ्नै सभाकक्षमा बस्ने भएको छ । शब्दयात्रा प्रकाशनका प्रबन्धक शारदाप्रसाद शर्माका अनुसार सभामा विभिन्न विषयहरू छलफल गरी अनुमोदन गरिनेछन् र पारित गर्नका लागि चारवटा प्रस्तावहरू प्रस्तुत हुनेछन् ।

Activities, Featured

शब्दयात्राबाट उपन्यास छापिँदै 

शब्दयात्रा प्रकाशनले टेकलाल भारती ‘आदर्श’ द्वारा लिखित उपन्यास ‘भग्नावशेष’ प्रकाशन गर्ने भएको छ । यसअघि उनका दुई पुस्तक ‘हराएको भाले’ (कथासङ्ग्रह) २०७१ सालमा र ‘मिहिनेतको रमझम’ (निबन्धसङ्ग्रह) २०७२ सालमा शब्दयात्रा प्रकाशनबाट प्रकाशित भएका थिए । शब्दयात्रा लेखक समाजसँग आबद्ध टेकलाल भारती ‘आदर्श’ को यो उपन्यास…

Shabdayatra Prakashan @ 2022