शब्दयात्रा प्रकाशनद्वारा सञ्चालित साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को पन्ध्रौँ शृङ्खलामा ‘नेपालभूमि’ (विचारप्रधान राष्ट्रिय साप्ताहिक) का संस्थापक प्रधान सम्पादक रामचन्द्र हुमागाईं प्रस्तुत हुनुभयो । गत २०७४ साल जेठ ५ गते मङ्गलबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित उक्त कार्यक्रममा उहाँले ‘नेपालको पत्रकारिता ः हिजो, आज र भोलि’ भन्ने विषयका सन्दर्भमा आफ्ना अनुभव, अनुभूति र विचारहरू प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सभापतित्व संयोजक पदमनाथ ढुङ्गानाले र उद्घोषण महाप्रबन्धक शारदाप्रसाद शर्माले गर्नुभएको थियो ।
उक्त कार्यक्रममा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री, कवि सोमकाजी शाक्य, अधिवक्ता हरिप्रसाद ढुङ्गेल, समाजसेवी रघुनाथ घिमिरे, आध्यात्मिक लेखकद्वय ओतबहादुर खड्का र तुतुकाजी प्रणामी श्रेष्ठ, कवयित्री भवानी पाण्डे, दीपक तिमल्सिना, प्रमिला चौलागाईं आदिको उपस्थिति रहेको थियो ।