Activities

हार्दिक समवेदना 

‘नेपालभूमि साप्ताहिक’ का शुभचिन्तक साहित्यकार मनु ब्राजाकीको गत २०७४ माघ १९ गते बिहान पाटन अस्पतालमा निधन भएको छ । उहाँ लामो समयदेखि मस्तिष्काघातबाट पीडित हुनुहुन्थ्यो । १९९९ सालमा महात्तरीको औरहीमा जन्मनुभएका चेतमानसिंह भण्डारीले आफ्नो उपनाम मनु ब्राजाकी राख्नुभएको थियो । उहाँले केही रचनाहरू ‘नेपालभूमि साप्ताहिक’…

Activities

हार्दिक बधाई 

शब्दयात्रा प्रकाशन कलाकार समाजका सल्लाहकार अग्रज लोकगायक मच्छेश्वर सापकोटा गौरीशङ्कर सांस्कृतिक समूहबाट सम्मानित हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौँ । शब्दयात्रा प्रकाशन

Activities

हार्दिक बधाई 

शब्दयात्रा प्रकाशन विश्वसम्पर्क समाजका संयोजक प्रसिद्ध सङ्गीतकर्मी तथा साहित्यकार हिरण्य भोजपुरे लघुकथा समाज नेपालबाट गत २०७४ माघ १९ गते शुक्रबार ‘बाटुली खिलध्वज लघुकथा सम्मान’ बाट सम्मानित हुनुभएको छ । यो खुसियाली सबै मित्रहरूमा बाँड्दै सम्मानित हुनुभएकोमा उहाँ€प्रति यो संस्था हार्दिक बधाई ज्ञापन गर्दछ ।

Activities

‘शब्दसंवाद’ मा डिल्लीप्रसाद भट्टराई 

शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को ४७ औँ शृङ्खला गत २०७४ साल माघ १९ गते शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न भयो । कार्यक्रमका प्रमुख वक्ता शिक्षासेवी तथा लेखक डिल्लीप्रसाद भट्टराई हुनुहुन्थ्यो । उहाँले जैविक ऊर्जासम्बन्धी विषयवस्तुमा प्रवचन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन…

Activities

चयन समिति गठन 

शब्दयात्रा प्रकाशनले आगामी फागुन महिनामा सम्मानित गर्ने राष्ट्रिय प्रतिभाहरूको चयन गर्नका लागि सम्मानित व्यक्तित्व चयन समितिको गठन गरेको छ । मुकुन्दप्रसाद दाहालको संयोजकत्वमा गठित उक्त समितिमा रघुनाथ घिमिरे, श्यामकृष्ण त्रिपाठी र पम्फा थपलिया सदस्य रहनुभएको छ । शब्दयात्रा प्रकाशनले गरेको सार्वजनिक आह्वानअनुसार शब्दयात्रा प्रकाशनमा सिफारिस…

Activities

‘पच्चीस दृष्टि’ फागुन ५ गते 

शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीद्वारा लिखित भूमिकासङ्ग्रह ‘पच्चीस दृष्टि’ आगामी फागुन ५ गते काभ्रेपलाञ्चोकको बनेपामा सार्वजनिक हुने भएको छ । उक्त पुस्तकलाई सुभाष स्मृति प्रतिष्ठानले प्रकाशन गरी सार्वजनिक गर्न लागेको हो । ‘पच्चीस दृष्टि’ मा कृतिकारको नाउँको वर्णानुक्रमअनुसार उद्धवप्रसाद नेपाल, ओतबहादुर खड्का, कविप्रसाद प्याकु¥याल, काफलबोटे…

Activities

सालिकका लागि आर्थिक सहयोग 

शब्दयात्रा प्रकाशनबाट काभ्रेपलाञ्चोकको बनेपामा पाँचजना नेपाली शीर्ष शब्दसाधकहरूको सालिक स्थापना गर्नका लागि धुलिखेल — ४ निवासी कृष्णबहादुर घलेका तर्फबाट ५ हजार ५ सय ५५ रुपियाँ र मायाकुमारी घलेका तर्फबाट ५ हजार ५ सय ५५ रुपियाँ आर्थिक सहयोग प्राप्त भएको छ । स्मरणीय छ — प्रथम…

Activities

‘शब्दसंवाद’ मा शकुन्तला बन्जारा 

शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को छयालीसौँ शृङ्खलामा प्रमुख वक्ताका रूपमा ‘शब्दसञ्चार’ कार्यक्रमका सञ्चालक शिव बन्जारा र शकुन्तला बन्जारा प्रस्तुत हुनुभयो । गत २०७४ साल माघ १२ गते शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व यादव ढुङ्गानाले र सञ्चालन महाप्रबन्धक शारदाप्रसाद…

Activities

‘द ड्राइभिङ फोर्स अफ धुलिखेल’ 

शब्दयात्रा प्रकाशनले हरि मञ्जुश्रीको सम्पादनमा ‘द ड्राइभिङ फोर्स अफ धुलिखेल’ नामक कृति प्रकाशन गर्ने भएको छ । यो कृति अङ्ग्रेजी भाषामा रहेको छ । यसअघि नै प्रकाशित ‘धुलिखेलका सारथि बेलप्रसाद श्रेष्ठ’ नामक कृतिभित्र रहेका विशेष लेखहरूलाई अङ्ग्रेजी भाषामा अनुवाद गरी यो कृति तयार पारिएको हो…

Activities

शब्दयात्राबाट ‘भर्तृहरि शतक’ छापिने 

शब्दयात्रा प्रकाशनले संस्कृत साहित्यका अमर काव्यकार भर्तृहरिको बहुचर्चित काव्यकृति ‘भर्तृहरि शतक’ को नेपाली भाषामा भावानुवाद गरिएको काव्य प्रकाशित गर्ने भएको छ । ‘भर्तृहरि शतक’ को नेपाली भाषामा काव्यिक भावानुवाद महाकाव्यकार श्रीधर प्याकु¥यालले गर्नुभएको हो । उक्त काव्यलाई २०७४ साल फागुनमा आयोजना गरिने कार्यक्रममा सार्वजनिक गरिने…

Shabdayatra Prakashan @ 2022