शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को ६६ औँ शृङ्खला गत २०७५ कार्तिक ३० गते शुक्रबार सम्पन्न भयो । शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित उक्त कार्यक्रममा प्रमुख वक्ताका रूपमा आध्यात्मिक लेखक उद्धवप्रसाद भट्टराई प्रस्तुत हुनुभयो । उहाँले ‘योग र जीवन’ विषयमा सारगर्भित प्रवचन गर्नुभएको थियो । शब्दयात्रा प्रकाशन सञ्चालक समितिका सदस्य हरिगोपाल प्रधानको प्रमुख आतिथ्य र लेखक तथा पूर्वप्रशासक डा. इन्दुल केसीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन महाप्रबन्धक शारदाप्रसाद शर्माले गर्नुभएको थियो ।
उक्त कार्यक्रममा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री, सदस्यद्वय कृष्णमणि कुइँकेल र शिव बन्जारा, शब्दयात्रा लेखक समाजका सदस्यद्वय केदारनाथ तिमल्सिना र सहदीप पलाञ्चोके, शिक्षासेवी पूर्णबहादुर कर्माचार्य, व्यवस्थापनविद् श्री शर्मा मूर्ख, इ. जुनू त्वाय्ना, शकुन्तला बन्जारा, खड्गप्रसाद सापकोटा, नवराज पराजुली, रीक्षा घिमिरे आदिको समुपस्थिति रहेको थियो ।