शब्दयात्रा प्रकाशन सञ्चालक समितिको बैठकले ‘नेपालभूमि राष्ट्रिय साप्ताहिक’ को सल्लाहकारमा हरिगोपाल प्रधानलाई मनोनयन गरेको छ ।
विगत चार दशकअघिदेखि छापा पत्रकारिता र फोटो पत्रकारितासँग सम्बन्धित रहनुभएका हरिगोपाल प्रधानले शब्दयात्रा प्रकाशनद्वारा संस्थापित दुईवटा सम्मानको आर्थिक व्यवस्थापन गर्दै आउनुभएको छ ।
‘नेपालभूमि राष्ट्रिय साप्ताहिक’ को सल्लाहकारमा मनोनीत हुनुभएकोमा हरिगोपाल प्रधानलाई हार्दिक बधाई !