Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८५. वैदिक सम्पदाको विश्वव्यापिता

यो पुस्तक हरि मञ्जुश्रीद्वारा लिखित ३४ औँ पुस्तक हो । योसमेत उहाँका पुस्तकको सङ्ख्या १४१ पुगेको छ । यस पुस्तकका मुख्य विशेषता तीनवटा छन्...
HomeActivitiesकृष्णहरि मैनालीलाई काभ्रेपलाञ्चोक प्रतिभा पुरस्कार समर्पण गरिने

कृष्णहरि मैनालीलाई काभ्रेपलाञ्चोक प्रतिभा पुरस्कार समर्पण गरिने

शब्दयात्रा प्रकाशनले २०८२ सालको ‘शब्दयात्रा लीला–मध्यमार्ग काभ्रेपलाञ्चोक प्रतिभा पुरस्कार’ साहित्यकार कृष्णहरि मैनालीमा समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा गठित पुरस्करणीय व्यक्तित्व चयन समितिको बैठकले उहाँलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । काभ्रेपलाञ्चोक जिल्लाको वाल्टिङमा २०१५ सालमा जन्मनुभएका उहाँले विभिन्न विधाका १५ वटा कृतिहरूको सिर्जना गरी प्रकाशन गराउनुभएको छ । उहाँ आध्यात्मिक विषयवस्तु लिएर नैतिक शिक्षामा जोड दिँदै साहित्यिक सिर्जना गर्ने सर्जकका रूपमा सुपरिचित हुनुहुन्छ । उहाँजस्ता व्यक्तित्वलाई पुरस्कृत गर्न पाउँदा शब्दयात्रा प्रकाशन गौरवान्वित बनेको छ । पुरस्कार यही साउन महिनामा समर्पण गरिनेछ । काभ्रेपलाञ्चोक जिल्लाका प्रतिभालाई हरेक वर्ष समर्पण गर्ने गरी समाजसेवी निरोज थापाले आफ्ना मावली हजुरबुबा लीलाबहादुर केसीको सम्मानमा मध्यमार्ग साप्ताहिकमार्फत यस पुरस्कारका लागि अक्षयकोषको व्यवस्था गरिदिनुभएको थियो । पुरस्कार ग्रहण गर्न स्वीकृति दिनुभएकोमा शब्दयात्रा प्रकाशन कृष्णहरि मैनालीप्रति हार्दिक आभार व्यक्त गर्दछ ।