Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

विवश पोखरेल र सन्ध्या पहाडीलाई ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ समर्पण गरिने

शब्दयात्रा प्रकाशनले अक्षरसेवी विवश पोखरेल (मोरङ) र अक्षरसेवी सन्ध्या पहाडी (कपिलवस्तु) लाई २०८३ सालको ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ समर्पण गर्ने भएको छ ।...
HomeActivitiesसत्यनारायण मानन्धरलाई भक्तपुर प्रतिभा पुरस्कार समर्पण गरिने

सत्यनारायण मानन्धरलाई भक्तपुर प्रतिभा पुरस्कार समर्पण गरिने

शब्दयात्रा प्रकाशनबाट भक्तपुर जिल्लाका राष्ट्रिय प्रतिभालाई हरेक वर्ष पुरस्कार समर्पण गर्ने गरी आख्यानकार भरत जङ्गमले शब्दयात्रा प्रकाशनमा कोषको व्यवस्था गरिदिनुभएको छ । त्यही कोषबाट २०८२ सालका लागि उक्त पुरस्कार भक्तपुरका राष्ट्रिय प्रतिभा गायक सत्यनारायण मानन्धरमा समर्पण गरिने भएको छ । भक्तपुर जिल्लाको टौमढी टोलमा २०२३ सालमा जन्मनुभएका उहाँले नेपाली तथा नेवारी भाषाका गीतहरूका साथै मल्लराजाहरूका पुराना गीत पनि गाउनुभएको छ । एकल गीत गायन कार्यक्रम समेत सम्पन्न गर्नुभएका उहाँका ‘बिरानीमा’ र ‘सः सत्यनारायण या’ क्यासेट र ‘जिगु देश छ य छ जित अति य’, ‘दाला ज्वना न्याकुं न्याकुं कया’, ‘असं त्वा या दबु कुने’, ‘न्ये न्यापा झ्या या दरबार’ म्युजिक भिडिओहरू निस्केका छन् । त्यस्ता व्यक्तित्वलाई पुरस्कृत गर्न पाउँदा शब्दयात्रा प्रकाशन गौरवान्वित बनेको छ । पुरस्कार यही साउन महिनामा समर्पण गरिनेछ । शब्दयात्रा प्रकाशनद्वारा गठित पुरस्करणीय व्यक्तित्व चयन समितिको बैठकले उहाँलाई पुरस्कृत गर्ने निर्णय भए बमोजिम पुरस्कार ग्रहण गर्न स्वीकृति दिनुभएकोमा शब्दयात्रा प्रकाशन सत्यनारायण मानन्धरप्रति हार्दिक आभार व्यक्त गर्दछ ।