Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२७५. मञ्जुश्रीयात्रा

आध्यात्मिक साहित्यकार ढुण्डिराज पोखरेलले लेख्नुभएको ‘मञ्जुश्रीयात्रा’ नामक प्रस्तुत लघुकाव्य यस संस्थाका संस्थापक अध्यक्ष तथा संरक्षण समितिका अध्यक्ष हरि मञ्जुश्रीलाई केन्द्रीय विषयवस्तु बनाई लेखिएको छ...
HomeActivitiesरेणुका भट्टराईलाई कर्मशीलता पुरस्कार समर्पण गरिने

रेणुका भट्टराईलाई कर्मशीलता पुरस्कार समर्पण गरिने

शब्दयात्रा प्रकाशनले २०८२ सालको ‘शब्दयात्रा सूर्यप्रसाद श्रेष्ठ कर्मशीलता पुरस्कार’ साहित्यकार रेणुका भट्टराई (पाल्पा) मा समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा गठित पुरस्करणीय व्यक्तित्व चयन समितिको बैठकले उहाँलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । काभ्रेपलाञ्चोक जिल्लामा २०३८ सालमा जन्मेर वैवाहिक सम्बन्धबाट पाल्पाली हुनुभएकी उहाँले विभिन्न साहित्यिक कृतिहरूको सिर्जना गरी प्रकाशन गराउनुका साथै साहित्यिक पत्रिकाहरूको पनि सम्पादन गर्नुभएको छ भने साहित्यिक संस्था र विद्युतीय सञ्चार माध्यम पनि सञ्चालन गर्नुभएको छ । श्रीमानको निधनपछि उहाँको अभियानलाई निरन्तरता दिँदै शारीरिक अस्वस्थता हुँदाहुँदै पनि उहाँ नेपालको मौलिक छन्दलय ‘झ्याउरे’ लाई पुनर्जागरण गराएर अन्तर्राष्ट्रिय व्याप्ति दिने अभियानमा हुनुहुन्छ । उहाँजस्ती कर्मशील महिलालाई पुरस्कृत गर्न पाउँदा शब्दयात्रा प्रकाशन गौरवान्वित बनेको छ । पुरस्कार यही साउन महिनामा समर्पण गरिनेछ । कुनै पनि विधाको कर्मशील प्रतिभालाई हरेक वर्ष समर्पण गर्ने गरी पूर्वराजदूत तथा पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले यस पुरस्कारका लागि अक्षयकोषको व्यवस्था गरिदिनुभएको छ । पुरस्कार ग्रहण गर्न स्वीकृति दिनुभएकोमा शब्दयात्रा प्रकाशन रेणुका भट्टराईप्रति हार्दिक आभार व्यक्त गर्दछ ।