‘अन्तर्दृष्टि’ ज्ञान उदासको चौधौँ पुस्तक हो । यो पुस्तक नेपाली साहित्यमा सुपरिचित व्यक्तित्व डा. तारानाथ शर्माका लेखहरूलाई सङ्कलन गरी सम्पादन गरिएको पुस्तक हो । यसमा ज्ञान उदासद्वारा सम्पादित ‘नयाँ खबर’ साप्ताहिक पत्रिकाको ‘अन्तर्दृष्टि’ शीर्षकको स्तम्भमा प्रकाशित सोह्रवटा लेखहरूलाई सङ्कलन गरी राखिएको छ । यी लेखहरू ‘नयाँ खबर’ का स्तम्भलेखकका रूपमा डा. तारानाथ शर्माले लेखेका हुन् र सबै लेखहरू स्तरीय र विचारोत्तेजक छन् । यी लेखहरूलाई सामयिक मात्र भन्न मिल्दैन, सान्दर्भिक पनि छन् । पुस्तकमा डा. तारानाथ शर्माको हस्तलिपि नै राखिएको छ । त्यसैले पनि यी लेखहरूको र यस पुस्तकको विशेष महत्त्व छ ।


