Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

विवश पोखरेल र सन्ध्या पहाडीलाई ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ समर्पण गरिने

शब्दयात्रा प्रकाशनले अक्षरसेवी विवश पोखरेल (मोरङ) र अक्षरसेवी सन्ध्या पहाडी (कपिलवस्तु) लाई २०८३ सालको ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ समर्पण गर्ने भएको छ ।...
HomeActivitiesसमीर आचार्यलाई शब्दयात्रा सावित्री थापा अनुसन्धान विद्वतवृत्ति

समीर आचार्यलाई शब्दयात्रा सावित्री थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले लघु अनुसन्धान परियोजनाका रूपमा हरेक वर्ष चारजना अनुसन्धातालाई विद्वतवृत्ति समर्पण गर्ने गरेको छ । तीमध्ये एउटा विद्वतवृत्ति ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ पनि हो । साहित्य, साझा–सहकारी, रेडक्रस, महिला सशक्तीकरण, ज्येष्ठ नागरिक सेवा, मानव–अधिकार आदि क्षेत्रमा सावित्री जङ्गम थापाले गर्नुभएको योगदानका विषयमा प्रकाशनयोग्य अनुसन्धानात्मक सामग्री तयार पार्नका लागि यो विद्वतवृत्ति समर्पण गरिन्छ । यस वर्ष २०८० सालका लागि यो विद्वतवृत्ति बनेपा — ६ निवासी अनुसन्धाता समीर आचार्यमा समर्पण गरिने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा सकुल थापाको संयोजकत्वमा गठित प्रदीप केसी बन्जारा र अमृत अधिकारी सदस्य रहेको चयन समितिको निर्णयका आधारमा उहाँलाई यो विद्वतवृत्ति समर्पण गर्न लागिएको हो । विद्वतवृत्ति अन्तर्गत उहाँले सावित्री जङ्गम थापाले गर्नुभएको समाजसेवाका विषयमा प्रकाशनयोग्य अनुसन्धानात्मक सामग्री तयार पार्नुहुनेछ । विद्वतवृत्तिको रकम र प्रमाणपत्र यही मङ्सिर महिनामा समर्पण गरिनेछ । शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि घर बनाइदिने समाजसेवी सावित्री जङ्गम थापाका विषयमा अनुसन्धान गर्न सहज होस् भन्ने उद्देश्यले शब्दयात्रा प्रकाशनमा छुट्टै अनुसन्धान कक्ष राखिएको छ र त्यस कक्षमा सावित्री जङ्गम थापासँग सम्बन्धित सामग्रीहरू राखिएका छन् । यस विद्वतवृत्तिका लागि सावित्री जङ्गम थापाले शब्दयात्रा प्रकाशनमा अक्षयकोषको व्यवस्था पनि गरिदिनुभएको छ । विद्वतवृत्ति प्राप्त गर्न लाग्नुभएकोमा समीर आचार्यलाई शब्दयात्रा प्रकाशन अग्रिम बधाई ज्ञापन गर्दछ ।