Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

विवश पोखरेल र सन्ध्या पहाडीलाई ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ समर्पण गरिने

शब्दयात्रा प्रकाशनले अक्षरसेवी विवश पोखरेल (मोरङ) र अक्षरसेवी सन्ध्या पहाडी (कपिलवस्तु) लाई २०८३ सालको ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ समर्पण गर्ने भएको छ ।...
HomeActivitiesचारजनालाई विद्वतवृत्ति, तीनजनालाई कदरपत्र र दुईजनालाई छात्रवृत्ति समर्पण

चारजनालाई विद्वतवृत्ति, तीनजनालाई कदरपत्र र दुईजनालाई छात्रवृत्ति समर्पण

शब्दयात्रा प्रकाशनले यही २०८० साल मङ्सिर ८ गते शुक्रबार ४ जनालाई विद्वतवृत्ति, ३ जनालाई कदरपत्र र २ जनालाई छात्रवृत्ति समर्पण गरेको छ । संस्थापक अध्यक्ष हरि मञ्जुश्रीको सभापतित्व र विश्व हिन्दू महासङ्घ नेपाल राष्ट्रिय समितिका केन्द्रीय अध्यक्ष डा. रामचन्द्र अधिकारीको प्रमुख आतिथ्य र विश्वकीर्तिमानी महिला डा. सरिशा श्रेष्ठको विशेष आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
विद्वतवृत्ति पाउनेहरूमा कालिका त्रिपाठी पन्त, उद्धवप्रसाद नेपाल, अमृका ताम्राकार र समीर आचार्य हुनुहुन्थ्यो । उहाँहरूलाई क्रमशः शब्दयात्रा सुभाष खड्का अनुसन्धान विद्वतवृत्ति, शब्दयात्रा राधा विष्ट प्रह्लाद केसी काभ्रेपलान्चोक अनुसन्धान विद्वतवृत्ति, शब्दयात्रा प्रा. केदारनाथ–लीला श्रेष्ठ भोजपुर अनुसन्धान विद्वतवृत्ति र शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति समर्पण गरिएको थियो ।
यसै गरी कदरपत्र पाउनेहरूमा शङ्कर अधिकारी, सुनीता सापकोटा र भुवन भोछिभोया हुनुहुन्थ्यो । उहाँहरूलाई शब्दयात्रा प्रकाशन हरिगोपाल प्रधान कदरपत्र समर्पण गरिएको थियो । उहाँहरूका साथमा विपासना शाक्य र अनुग्रह प्रजापतिलाई शब्दयात्रा द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति र शब्दयात्रा भूप–मुक्ति विकलाङ्ग छात्रवृत्ति समर्पण गरिएको थियो ।
मच्छेश्वर सापकोटाले पानसमा दीप प्रज्ज्वलन गरेर कार्यक्रमको समुद्घाटन, शारदाप्रसाद शर्माले उद्घोषण, शिवप्रसाद बन्जाराले स्वागत भाषण तथा प्रदीप केसी र अमृत अधिकारीले प्रमाणपत्र वाचन गर्नुभएको उक्त कार्यक्रममा सकुल थापाले विद्वतवृत्ति, कदरपत्र र छात्रवृत्ति पाउनेहरूको चिनारी गराउनुभएको थियो । कार्यक्रममा हरिगोपाल प्रधान, मोहनमणि दाहाल, जयनारायण नेपाल, गीता अधिकारी, प्रकाशबहादुर कायस्थ, सिद्धिबहादुर कर्माचार्य, पूर्णबहादुर कार्की, पूर्णबहादुर कर्माचार्य, रामप्रसाद अधिकारी, चन्द्रबहादुर खड्का, सङ्गीता केसी, पुण्यवती घले आदिले विभिन्न भूमिका निर्वाह गर्नुभएको थियो ।