Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२७५. मञ्जुश्रीयात्रा

आध्यात्मिक साहित्यकार ढुण्डिराज पोखरेलले लेख्नुभएको ‘मञ्जुश्रीयात्रा’ नामक प्रस्तुत लघुकाव्य यस संस्थाका संस्थापक अध्यक्ष तथा संरक्षण समितिका अध्यक्ष हरि मञ्जुश्रीलाई केन्द्रीय विषयवस्तु बनाई लेखिएको छ...
HomeActivitiesअमृका ताम्राकारलाई शब्दयात्रा भोजपुर अनुसन्धान विद्वतवृत्ति

अमृका ताम्राकारलाई शब्दयात्रा भोजपुर अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले लघु अनुसन्धान परियोजनाका रूपमा हरेक वर्ष चारजना अनुसन्धातालाई विद्वतवृत्ति समर्पण गर्ने गरेको छ । तीमध्ये एउटा विद्वतवृत्ति ‘शब्दयात्रा प्रा. केदारनाथ–लीला श्रेष्ठ भोजपुर अनुसन्धान विद्वतवृत्ति’ पनि हो । भोजपुर जिल्लाको शैक्षिक इतिहाससँग सम्बन्धित प्रकाशनयोग्य अनुसन्धानात्मक सामग्री तयार पार्नका लागि यो विद्वतवृत्ति समर्पण गरिन्छ । यस वर्ष २०८० सालका लागि यो विद्वतवृत्ति भोजपुरको टक्सार बजार निवासी अनुसन्धाता अमृका ताम्राकारमा समर्पण गरिने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा सकुल थापाको संयोजकत्वमा गठित प्रदीप केसी बन्जारा र अमृत अधिकारी सदस्य रहेको चयन समितिको निर्णयका आधारमा उहाँलाई यो विद्वतवृत्ति समर्पण गर्न लागिएको हो । विद्वतवृत्ति अन्तर्गत उहाँले भोजपुर टक्सारको यशोधरा माध्यमिक विद्यालयको साङ्गोपाङ्ग इतिहास र त्यससँग सम्बन्धित अभिलेखहरूको विवरणसहित प्रकाशनयोग्य अनुसन्धानात्मक सामग्री तयार पार्नुहुनेछ । विद्वतवृत्तिको रकम र प्रमाणपत्र यही मङ्सिर महिनामा समर्पण गरिनेछ । यस विद्वतवृत्तिका लागि भोजपुरका शिक्षासेवी प्रा. केदारनाथ श्रेष्ठले शब्दयात्रा प्रकाशनमा अक्षयकोषको व्यवस्था गरिदिनुभएको छ । विद्वतवृत्ति प्राप्त गर्न लाग्नुभएकोमा अमृका ताम्राकारलाई शब्दयात्रा प्रकाशन अग्रिम बधाई ज्ञापन गर्दछ ।