Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

विवश पोखरेल र सन्ध्या पहाडीलाई ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ समर्पण गरिने

शब्दयात्रा प्रकाशनले अक्षरसेवी विवश पोखरेल (मोरङ) र अक्षरसेवी सन्ध्या पहाडी (कपिलवस्तु) लाई २०८३ सालको ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ समर्पण गर्ने भएको छ ।...
Homepublications२८०. वैज्ञानिक मानववाद

२८०. वैज्ञानिक मानववाद

डा. भानु थपलियाद्वारा लिखित ‘वैज्ञानिक मानववाद’ मानववादका बारेमा जानकारी दिने दार्शनिक पुस्तक हो । मानववाद भनेको के हो, ‘वैज्ञानिक मानववाद’ शब्दावलीले के बुझाउँछ, दर्शनको कसलाई भनिन्छ, पूर्वीय र पाश्चात्य दर्शनले मानववाद र वैज्ञानिक मानववादलाई कसरी हेरेका छन्, मानववाद वैज्ञानिक र अवैज्ञानिक एवं प्राच्य र आधुनिक तथा पूर्वीय र पाश्चात्य कसरी हुन्छ, यस्ता जिज्ञासाको समाधान यस पुस्तकले गराउने प्रयास गरेको छ । सूत्रात्मक रूपमा लेखिएको यस पुस्तकमा अध्यात्मवाद र भौतिकवादमा आएको मानववादको समेत यसमा चर्चा गरिएको छ । यो पुस्तक मानववादका विषयमा गरिएको दार्शनिक दिग्दर्शन हो र यसले दार्शनिक पक्षबाट मानववादलाई हेर्ने विशेष दृष्टि प्रदान गर्न खोजेको छ ।