Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

प्राकृतिक प्रकोप सम्बन्धी कविता वाचन

बाढी लगायतका प्राकृतिक प्रकोपबाट मुलुकलाई पर्ने गरेको सङ्कटका विषयमा लेखिएका कविताहरू र अन्य केही कविताहरू शब्दयात्रा प्रकाशनको सभाकक्षमा कवि–कवयित्रीहरूले वाचन गर्नुभएको छ । कविता...
Homepublications२७९. चिन्तनधारा

२७९. चिन्तनधारा

‘चिन्तनधारा’ प्रकाश उज्ज्वल बनेपाद्वारा लिखित विभिन्न विषयका लेखहरूको सङ्ग्रह हो । रामचन्द्र हुमागाईंको प्रधान सम्पादकत्व र शब्दयात्रा प्रकाशनको प्रकाशकत्वमा २०७१, २०७२ र २०७३ सालमा प्रकाशन भएको ‘नेपालभूमि’ नामक राष्ट्रिय साप्ताहिक पत्रिकाका विभिन्न अङ्कहरूमा प्रकाश उज्ज्वल बनेपाका विभिन्न विषयका लेखहरू प्रकाशन भएका थिए । ती लेखहरूमध्ये २८ वटा लेखहरूको सङ्ग्रहका रूपमा ‘चिन्तनधारा’ प्रकाशन गरिएको हो । यस सङ्ग्रहले विगतका ती दिनहरूको सामयिक चित्रण गराउनुका साथै तत्कालीन ऐतिहासिक तथ्यहरूलाई पनि स्मरण गराउँछन् । राजनीति, समाज, संस्कृति, अर्थ, शिक्षा, स्वास्थ्य, रोजगारी, जीवनशैली, सिर्जनशीलता आदि विषयहरूले यस सङ्ग्रहमा प्रवेश पाएका छन् ।