Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

केदार शाक्य र नीरा अधिकारीमा पुरस्कार समर्पण

शब्दयात्रा प्रकाशनले पत्रकार तथा लेखक केदार शाक्यमा ‘शब्दयात्रा प्रा. केदारनाथ–लीला श्रेष्ठ सङ्खुवासभा प्रतिभा पुरस्कार, २०८३’ र दृष्टिविहीन उपसचिव नीरा अधिकारीमा ‘शब्दयात्रा उर्मिला श्रेष्ठ प्रशासनिक...
HomeActivitiesहरिहर विरहीमा आमसञ्चार सम्मान समर्पण

हरिहर विरहीमा आमसञ्चार सम्मान समर्पण

अग्रज पत्रकार हरिहर विरही (सिन्धुली) मा ‘शब्दयात्रा देवीप्रसाद सापकोटा आमसञ्चार सम्मान, २०८२’ समर्पण गरियो । उहाँको निवास काठमाडौँ बानेश्वरमै पुगेर उहाँमा सम्मान समर्पण गरिएको हो । त्यस बेला शब्दयात्रा प्रकाशनका आजीवन सदस्य सकुल थापाले रुद्राक्षमाला र उपहार, संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले किरीट एवं नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. डा. कुलप्रसाद कोइरालाले अभिवन्दनापत्र समर्पण गर्नुभएको थियो । यो सम्मान उहाँमा समर्पण गर्नुपर्ने समयमा उहाँ विदेशमा हुनुहुन्थ्यो । त्यसैले उहाँ समारोहमा समुपस्थित हुन सक्नुभएको थिएन । प्रथम लोकतान्त्रिक पत्रकार देवीप्रसाद सापकोटाको नाउँमा संस्थापित यस सम्मानको कोष व्यवस्थापन उहाँका पनाति सुनिल सापकोटा (मोरङ) ले गर्नुभएको हो । सम्मान ग्रहण गरिदिनुभएकोमा अग्रज पत्रकार हरिहर विरहीप्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक आभार व्यक्त गर्दछ ।