Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

आठ विधामा शब्दयात्रा सम्मान समर्पण

शब्दयात्रा प्रकाशनले विभिन्न विधाका आठवटा सम्मान हिजो असोज १७ गते समर्पण गरेको छ । शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजना गरिएको कार्यक्रममा २०८३ सालको दोस्रो चरणको...
Homepublications२६४. भूस्वर्गको सुवास

२६४. भूस्वर्गको सुवास

डा. इन्दुल केसीको नयाँ पुस्तक ‘भूस्वर्गको सुवास’ उहाँका विषयमा लेखिएका कविताहरू, उहाँको बानीबेहोराका बारेमा लेखिएका लेखहरू, उहाँबाट प्राप्त भएको सहयोगका बारेमा लेखिएका संस्मरणहरू, उहाँले लेख्नुभएका पुस्तकका बारेमा लेखिएका समीक्षाहरू, उहाँबाट नै लेखिएका लेख–संस्मरणहरू र उहाँका पुस्तकका आवरणहरू राखिएको सङ्ग्रह हो । यस शीर्षकको कविता, लेख, संस्मरण यसमा छैन । त्यसैले पुस्तकको नाउँ कसरी ‘भूस्वर्गको सुवास’ राखिएको होला भन्ने कुरालाई तीन तरिकाले बुझौँ । पहिलो तरिका हो भक्तपुर बुझ्ने । डा. इन्दुल केसीको जन्मस्थल र कर्मस्थल भक्तपुर उहाँका लागि भूस्वर्ग हो । उहाँ जे कर्म गर्नुहुन्छ, त्यो कर्म भक्तपुरको सुवास बनेर परपरसम्म पुग्छ । त्यसैले उहाँको कर्मको एउटा अंश यो पुस्तक ‘भूस्वर्गको सुवास’ हो । दोस्रो तरिका हो विषयवस्तु बुझ्ने । यस पुस्तकका विषयवस्तु दुइटा छन् — (क) डा. इन्दुल केसीको व्यक्तित्व, र (ख) डा. इन्दुल केसीको कृतित्व । यी दुवै विषयवस्तुलाई डा. इन्दुल केसीले ‘भूस्वर्ग’ भन्न खोज्नुभएको छ र यी दुवैबाट योगदानका रूपमा विस्तारित सुवासले ‘भूस्वर्गको सुवास’ जनाउँछ । तेस्रो तरिका हो लेखकहरू बुझ्ने । डा. इन्दुल केसीका विषयमा र डा. इन्दुल केसीको कृतिका विषयमा लेख्ने लेखकहरू भूूस्वर्ग हुन् र ती सबैको लेखनले फिँजाएको सुवास नै ‘भूूस्वर्गको सुवास’ हो ।