Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८८. रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व

‘रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व’ कालिकोट जिल्लामा पर्ने रास्कोट नगरपालिका क्षेत्रका शिक्षासेवी र शिक्षालयहरूको इतिवृत्त हो । यस पुस्तकलाई लेखक विष्णुप्रसाद आचार्यले दुई भागमा...
HomeActivitiesसबिना योन्जनलाई माधवी अधिकारी छात्रवृत्ति समर्पण गरिने

सबिना योन्जनलाई माधवी अधिकारी छात्रवृत्ति समर्पण गरिने

शब्दयात्रा प्रकाशनले सबिना योन्जनलाई २०८२ सालको ‘शब्दयात्रा माधवी अधिकारी छात्रवृत्ति’ समर्पण गर्ने भएको छ । सिन्धुली जिल्लामा घर भएकी सबिना योन्जन हाल बनेपा नालाको शुभचामुण्डा माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत हुनुहुन्छ । उहाँलाई छात्रवृत्तिको रकम र प्रमाणपत्र मङ्सिर महिनामा समर्पण गरिनेछ । यस छात्रवृत्तिको कोष व्यवस्थापन आफ्नी धर्मपत्नी साहित्यकार तथा शिक्षासेवी माधवी अधिकारीको स्मृतिमा लेखक, वैज्ञानिक तथा काठमाडौँ विश्वविद्यालयका संस्थापक रजिस्ट्रार डा. सीताराम अधिकारी (काठमाडौँ) ले गर्नुभएको हो । यो छात्रवृत्ति हरेक वर्ष समर्पण गर्ने गरिन्छ ।