Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८४. हरि मञ्जुश्रीको वाङ्मययात्रा

समीक्षक स्वयम्भू शाक्यको चौथो पुस्तक ‘हरि मञ्जुश्रीको वाङ्मययात्रा’ शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष भाषासेवी, लेखक, ग्रन्थसम्पादक तथा सङ्गीतकर्मी हरि मञ्जुश्रीको व्यक्तित्व र कृतित्वलाई आधार बनाएर...
HomeActivitiesसबिना योन्जनलाई माधवी अधिकारी छात्रवृत्ति समर्पण गरिने

सबिना योन्जनलाई माधवी अधिकारी छात्रवृत्ति समर्पण गरिने

शब्दयात्रा प्रकाशनले सबिना योन्जनलाई २०८२ सालको ‘शब्दयात्रा माधवी अधिकारी छात्रवृत्ति’ समर्पण गर्ने भएको छ । सिन्धुली जिल्लामा घर भएकी सबिना योन्जन हाल बनेपा नालाको शुभचामुण्डा माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत हुनुहुन्छ । उहाँलाई छात्रवृत्तिको रकम र प्रमाणपत्र मङ्सिर महिनामा समर्पण गरिनेछ । यस छात्रवृत्तिको कोष व्यवस्थापन आफ्नी धर्मपत्नी साहित्यकार तथा शिक्षासेवी माधवी अधिकारीको स्मृतिमा लेखक, वैज्ञानिक तथा काठमाडौँ विश्वविद्यालयका संस्थापक रजिस्ट्रार डा. सीताराम अधिकारी (काठमाडौँ) ले गर्नुभएको हो । यो छात्रवृत्ति हरेक वर्ष समर्पण गर्ने गरिन्छ ।