Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८५. वैदिक सम्पदाको विश्वव्यापिता

यो पुस्तक हरि मञ्जुश्रीद्वारा लिखित ३४ औँ पुस्तक हो । योसमेत उहाँका पुस्तकको सङ्ख्या १४१ पुगेको छ । यस पुस्तकका मुख्य विशेषता तीनवटा छन्...
HomeActivitiesअक्षयकोषमा दुई लाख रुपियाँ थप

अक्षयकोषमा दुई लाख रुपियाँ थप

शब्दयात्रा प्रकाशनको अक्षयकोषमा लेखक तथा चिकित्सक डा. शालिग्राम शर्माले दुई लाख रुपियाँ थपिदिनुभएको छ । यसअघि उहाँले दुई लाख रुपियाँ अक्षयकोषमा राखिदिनुभएको थियो । रौतहट जिल्लाका प्रतिभाशाली वाङ्मयसेवीलाई शब्दयात्रा प्रकाशनबाट हरेक वर्ष ‘डा. शालिग्राम शर्मा रौतहट प्रतिभा पुरस्कार’ समर्पण गर्ने गरी उहाँले उक्त अक्षयकोष खडा गरिदिनुभएको हो । गत वर्ष त्यो पुरस्कार निबन्धकार माधव काफ्लेमा समर्पण गरिएको थियो । डा. शालिग्राम शर्माका ‘अहर्निश उकालो’ र ‘देहात तापेर आयुर्वेद’ नामक पुस्तक प्रकाशित छन् । उहाँ अर्को पुस्तकको तयारी पनि गर्दै हुनुहुन्छ । अक्षयकोषमा रकम थपिदिनुभएकोमा शब्दयात्रा प्रकाशन उहाँप्रति हार्दिक आभार व्यक्त गर्दछ ।