Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

अक्षयकोषका लागि थप १ लाख रुपियाँ प्रदान

आध्यात्मिक लेखक तथा पूर्व शैक्षिक प्रशासक शङ्करप्रसाद मानन्धरले नारायणी–शङ्कर शिक्षा पुरस्कारकोषका तर्फबाट शब्दयात्रा प्रकाशनको अक्षयकोषका लागि एक लाख रुपियाँको चेक प्रदान गर्नुभएको छ ।...
HomeActivities‘शब्दसंवाद’ मा सार्वजनिक पुस्तकालय

‘शब्दसंवाद’ मा सार्वजनिक पुस्तकालय

शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को ९७ औँ शृङ्खला गत २०७६ साल भदौ २० गते शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न भयो । उक्त कार्यक्रममा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री र महाप्रबन्धक शारदाप्रसाद शर्मा, गायक, सङ्गीतकार तथा गीतकार मच्छेश्वर सापकोटा, कविहरू डा. इन्दुल केसी, केदारनाथ तिमल्सिना, रोजनाथ लुइँटेल, व्यवस्थापनविद् श्री शर्मा मूर्ख, सुभाष स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष चन्द्रबहादुर खड्का, शिक्षासेवी पूर्णबहादुर कर्माचार्य, ज्यो. पं. रमेश अधिकारी, नवराज पराजुली, नेपालभूमि राष्ट्रिय साप्ताहिकका बजार व्यवस्थापक सङ्गीता केसी आदिको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा काभ्रे जिल्लामा २००७ सालदखि यता खोलिएका सार्वजनिक पुस्तकालयहरूको विवरण प्रस्तुत गर्दै सार्वजनिक पुस्तकालयहरूका विषयमा विचार–विमर्श गरिएको थियो ।