शब्दयात्रा प्रकाशनद्वारा सञ्चालित साप्ताहिक कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को ९८ औँ शृङ्खलामा प्रतिलिपि अधिकारसम्बन्धी विषयलाई प्रवेश गराइएको छ । उक्त कार्यक्रम गत २०७६ साल भदौ २७ गते शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न भएको थियो । लेखक चूडाप्रसाद चौलागाईंको सभापतित्व र लेखक दामोदर घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले बौद्धिक चोरी र प्रतिलिपि अधिकारसम्बन्धी नेपालको कानुनी व्यवस्था तथा बर्न महासन्धिका बारेमा जानकारी गराउनुभएको थियो । त्यसपछि त्यस विषयमा लेखक प्रकाश उज्ज्वल बनेपा, कवि पदम दाहाल, कवि डा. इन्दुल केसी, शब्दयात्रा प्रकाशनका महाप्रबन्धक शारदाप्रसाद शर्मा र सङ्गीतकर्मी मच्छेश्वर सापकोटाले टिप्पणी गर्दै नेपाली समाजमा बौद्धिक चोरी र प्रतिलिपि अधिकारका सम्बन्धमा भएका गतिविधिहरूका बारेमा बोल्नुभएको थियो ।
उक्त कार्यक्रममा सङ्गीता केसी, ज्यो. पं. रमेश अधिकारी, सहदीप पलान्चोके, चन्द्रमान सुवाल, केदानाथ तिमल्सिना, नवराज पराजुली, श्री शर्मा मूर्ख आदिको पनि उपस्थिति रहेको थियो ।