शब्दयात्रा प्रकाशनले १२७ औँ प्रकाशनपुष्पका रूपमा ‘वेद के भन्छ ?’ नामक पुस्तक प्रकाशन गर्ने भएको छ । उक्त पुस्तकको सङ्कलन तथा सम्पादन आध्यात्मिक लेखक ओतबहादुर खड्काले गर्नुभएको हो ।
उक्त पुस्तकमा चारै वेदमा भएका प्रमुख सूक्तिहरूलाई सङ्कलन गरी नेपाली भाषामा अनुवाद गरेर सम्पादनसहित प्रस्तुत गरिएको छ । उक्त पुस्तक आगामी असोज महिनामा सार्वजनिक गरिनेछ ।