शब्दयात्रा प्रकाशनले १२६ औँ प्रकाशनपुष्पका रूपमा ‘तारतमरस’ नामक काव्य प्रकाशन गर्ने भएको छ । आध्यात्मिक लेखक तुतुकाजी प्रणामी श्रेष्ठले लेख्नुभएको उक्त काव्य ४०० भन्दा बढी पृष्ठको रहेको छ ।
तारतमसागर पाठपारायणको सारसङ्क्षेपका रूपमा लेखिएको उक्त काव्यको प्रकाशन आगामी भदौ महिनामा गरिने भएको छ । काव्यमा जीवना बादे श्रेष्ठको मन्तव्य रहेको छ ।