शब्दयात्रा प्रकाशनको साप्ताहिक कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को ९२ औँ शृङ्खला गत २०७६ साल साउन १७ गते शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न भयो । कार्यक्रमको सञ्चालन शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले गर्नुभएको थियो ।
कार्यक्रममा दसजना वक्ताहरूले शब्दयात्रा प्रकाशनका विभिन्न पक्षहरूका विषयमा बोल्नुभएको थियो । त्यस क्रममा पाँचजना शब्दसाधकहरूको सालिकका विषयमा कृष्णमणि कुइँकेलले, शब्दयात्रा प्रकाशनलाई नीलकण्ठेश्वरधाम संरक्षण समितिबाट प्रदान गरिएको कार्यालयका विषयमा सङ्गीता केसीले, शब्दयात्रा प्रकाशनलाई कृष्णमणि कुइँकेलले जग्गा दान गरेको विषयमा पूर्णबहादुर कार्कीले, ‘कर्मयोद्धासँग शब्दसंवाद’ कार्यक्रमका विषयमा पुण्यवती घलेले, शब्दयात्रा प्रकाशनद्वारा समर्पण गरिने सम्मानहरूका विषयमा पदम दाहालले, शब्दयात्रा प्रकाशनको पुस्तक प्रकाशनका विषयमा सहदीप पलान्चोकेले, ‘नेपालभूमि राष्ट्रिय साप्ताहिक’ का विषयमा डा. इन्दुल केसीले, अक्षरसेवी सहयोग कोषका विषयमा दामोदर घिमिरेले, शब्दयात्रा प्रकाशन पुस्तकालयका विषयमा ओतबहादुर खड्काले र शब्दयात्रा शारदा मन्दिरका विषयमा ज्यो. पं. रमेश अधिकारीले बोल्नुभएको थियो ।
कार्र्यक्रममा श्री शर्मा मूर्ख, नवराज पराजुली आदिको पनि उपस्थिति थियो ।