Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

आठ विधामा शब्दयात्रा सम्मान समर्पण

शब्दयात्रा प्रकाशनले विभिन्न विधाका आठजना राष्ट्रिय व्यक्तित्वमा २०८३ सालको पहिलो चरण अन्तर्गतको सम्मान समर्पण गरेको छ । प्रा. डा. प्रेमनारायण अर्यालमा ‘शब्दयात्रा होम–तोत्र शिक्षा...
HomeActivitiesचार सम्मान समर्पण

चार सम्मान समर्पण

सम्मान समर्पण कार्यक्रमअन्तर्गत २०७२ सालको फागुन महिनामा शब्दयात्रा प्रकाशनद्वारा समर्पण गरिने विभिन्न चार विधाका सम्मानहरू २०७२ सालका लागि त्यसै दिन समर्पण गरियो । कार्यक्रममा नेपालमा विज्ञान–प्रविधिको विकास गर्न विभिन्न कार्यक्रमहरू गर्ने क्रममा शिक्षा र गणित विधामा अन्वेषणात्मक पुस्तकहरू लेखेर त्यसलाई विज्ञान–प्रविधिको विकासका लागि उपयोग गराउन नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान र कलेजमार्फत अहम् भूमिका खेल्नुभएको विशिष्ट योगदानको सम्मानस्वरूप शब्दयात्रा विज्ञान–प्रविधि सम्मानबाट नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठानका पूर्वउपकुलपति डा. होमनाथ भट्टराई (अर्घाखाँची) लाई सम्मानित गरियो । देवीप्रसाद सापकोटा आमसञ्चार सम्मानबाट नेपालको पत्रकारिता क्षेत्रले स्वाभिमानपूर्वक कर्तव्यपालन गर्न नसकिरहेको परिस्थितिमा युगीन जिम्मेवारीलाई स्वीकार गर्दै आमसञ्चारका क्षेत्रमा ऐतिहासिक भूमिका निर्वाह गरेर ‘जनवार्ता’ पत्रिकाबाट पत्रकारिताको मूल मर्म र कर्मको उदाहरण नेपाली समाजमा प्रस्तुत गर्नुभएका अग्रज पत्रकार श्री कोशराज रेग्मी (विराटनगर) लाई सम्मानित गरियो । यसै गरी हंसराज श्रेष्ठ सामाजिक जागरण सम्मानबाट तनहूँमा गाउँ सेवा कोषको स्थापना र सञ्चालनलगायत विभिन्न संस्थाहरूमार्फत सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि आफूलाई संलग्न बनाउँदै समाजको सकारात्मक रूपान्तरणका दिशामा मानवीय कर्तव्य निर्वाह गरेर सामाजिक जागरणका क्षेत्रमा उदाहरणीय आदर्श बन्नुभएका अग्रज समाजसेवी श्री भीमबहादुर अधिकारी (तनहूँ) लाई सम्मानित गरियो भने होम–तोत्र शिक्षा सम्मानबाट पूर्वीय आदर्शअनुरूपको गुरुकुलीय शिक्षापद्धति अवलम्बन गरी देशका विभिन्न भागबाट आएका शिक्षार्थीहरूलाई निःशुल्क भोजन र आवाससहित योग्य शिक्षार्थीलाई आचार्यसम्मको शिक्षा दिलाएर देशको आदर्श एवं अनुकरणीय गुरुकुल बन्न सफल बनेकोमा देशप्रतिको यस्तो गहन कर्तव्य–निर्वाहको सम्मानस्वरूप श्री महेश संस्कृत गुरुकुल (देवघाट) लाई सम्मानित गरियो । सम्मानका रूपमा हरेकलाई पुस्तक उपहार, किरीट, ५–५ हजार रुपियाँ र अभिवन्दनापत्र समर्पण गरिएको थियो ।
श्री कोशराज रेग्मी शारीरिक अस्वस्थताका कारण विराटनगरबाट आउन नसक्नुभएकाले उहाँका तर्फबाट उहाँका सुपुत्र राघवराज रेग्मीले र श्री महेश संस्कृत गुरुकुलका तर्फबाट रामप्रसाद भण्डारीले सम्मान ग्रहण गर्नुभएको थियो । सम्मानित व्यक्तित्व चयन समितिका सदस्य बद्रीप्रसाद शर्माले चयन प्रक्रियाका बारेमा बोल्नुभएको थियो ।