Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

स्वयम्भू शाक्यको ‘हरि मञ्जुश्रीको वाङ्मययात्रा’ सार्वजनिक गरिने

शब्दयात्रा प्रकाशनले लेखक, बैङ्कर तथा कानुन व्यवसायी स्वयम्भू शाक्यद्वारा लिखित ‘हरि मञ्जुश्रीको वाङ्मययात्रा’ पुस्तक यही भदौ १३ गते शनिबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजना गरिने...
HomeActivitiesएकै समारोहमा तीन कार्यक्रम

एकै समारोहमा तीन कार्यक्रम

शब्दयात्रा प्रकाशनको आयोजनामा गत २०७२ साल फागुन २५ गते मङ्गलबार अग्रज साहित्यकार तथा समाजसेवी कमलराज रेग्मीको प्रमुख आतिथ्यमा बनेपास्थित के. एन. ब्यान्क्वेटमा विशेष समारोह सम्पन्न भयो । प्रमुख अतिथिको स्वास्थ्यस्थिति अचानक खराब हुन गएकाले अग्रज समाजसेवी बेलप्रसाद श्रेष्ठ कार्यवाहक प्रमुख अतिथि हुनुभएको उक्त समारोहमा नैपालका शैक्षिक शिरोभूषण काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति डा. सुरेशराज शर्मा विशेष अतिथि हुनुहुन्थ्यो । समारोहमा सम्मान समर्पण, पुस्तकको सार्वजनिकीकरण र विविध गरी तीन प्रकारका कार्यक्रमहरू गरिएका थिए ।
कार्यक्रममा अग्रज कवि प्रह्लाद पोखरेलले कविता वाचन गर्नुभएको थियो भने शब्दयात्रा प्रकाशनद्वारा सञ्चालित ‘शब्दसञ्चार’ रेडियो कार्यक्रमका प्रस्तोता शिव बन्जाराले स्वागत भाषण गर्नुभएको थियो । गोसाइँस्थान नैमिषारण्य क्षेत्र विकास समितिद्वारा सञ्चालित नैमिषारण्य गुरुकुलका वटुकहरूद्वारा पदमनाथ ढुङ्गानाको संयोजकत्वमा स्वस्तिवाचन गरिएको उक्त समारोहमा शब्दयात्रा पत्रकार समाजका सभापति रामचन्द्र हुमागाईंले उपहारहरू प्रदान गर्नुभएको थियो । शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले सञ्चालन गर्नुभएको उक्त समारोहको सभापतित्व युवा समाजसेवी आनन्दराज श्रेष्ठले गर्नुभएको थियो । समारोहको व्यवस्थापन शब्दयात्रा प्रकाशन संरक्षण समितिका सदस्य सकुल थापा र नेपालभूमि साप्ताहिकका सम्पादक सुमन खड्काले गर्नुभएको थियो ।
कार्यक्रममा हरि मञ्जुश्रीले शब्दयात्रा प्रकाशनसँग चार प्रकारका सीडी रहेको जानकारी दिँदै इच्छा हुने महानुभावहरूले कार्यालयमा सम्पर्क राखेर लैजान सूचना गर्नुभयो । उहाँका अनुसार (क) शब्दयात्रा प्रकाशनको रेडियो कार्यक्रम ‘शब्दसञ्चार’ को एक वर्षको सीडी तयार पारिएको छ । (ख) शब्दयात्रा पत्रकार समाजको आयोजनामा सम्पन्न देउसी–भैलो कार्यक्रमको सीडी पनि तयार पारिएको छ । (ग) शब्दयात्रा सम्मान व्यवस्थापक समाजका सदस्य बालसाहित्यकार गोपाल पराजुलीका विषयमा वृत्तचित्र तयार पारिएको छ । (घ) ‘नेपालभूमि’ का स्तम्भकार इन्जिनियर दिनेश चौधरीसँग सम्बन्धित भूकम्पप्रतिरोधी नेपाली घरका विषयमा पनि सीडी तयार पारिएको छ ।
उहाँले ‘स्वर्गमा पैदल’ यात्राकृतिका विषयमा शिव बन्जाराले ‘शब्दसञ्चार’ रेडियो कार्यक्रमका लागि डा. सुरेशराज शर्मासँग लिएको अन्तर्वार्ता ‘शब्दसञ्चार’ टाइप गरेपछि युट्युबमा सुन्न सकिने जानकारी पनि गराउनुभयो ।