Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग —

भोटेकोशी नदीमा आएको बाढीका कारण राष्ट्रिय विपत्ति परेको अवस्थामा बाढीपीडितहरूको सहयोगार्थ शब्दयात्रा प्रकाशनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५५ हजार ५ सय ५५ रुपियाँ...
HomeActivitiesछ पुस्तक सार्वजनिक

छ पुस्तक सार्वजनिक

पुस्तकको सार्वजनिकीकरण कार्यक्रमअन्तर्गत माटो (पोष चापागाईंको नियात्रासङ्ग्रह), सुशील कोइराला अरूको दृष्टिमा (हरि मञ्जुश्रीद्वारा सम्पादित कृति), नेपाल कम्पन (नवीना श्रेष्ठको लघुकाव्य), नेपाल माहात्म्य (ओतबहादुर खड्काद्वारा अनूदित कृति), मुरहरि रायमाझीका गजलहरू (मुरहरि रायमाझीको गजलसङ्ग्रह) र ‘नेपालभूमि’ को वार्षिक अङ्क (प्र. सं. रामचन्द्र हुमागाईं, सं. सुमन खड्का) लाई सार्वजनिक गरियो । यी सबै कृतिहरू शब्दयात्रा प्रकाशनबाट प्रकाशित भएका हुन् । यीसमेत शब्दयात्रा प्रकाशनबाट प्रकाशित भएका कृतिहरूको सङ्ख्या ५८ पुगेको छ ।
सार्वजनिक गरिएका कृतिहरूमाथि साहित्यकारद्वय गोपाल पराजुली र हरिगोपाल प्रधानले टिप्पणी गर्नुभएको थियो । कृतिकारहरूका तर्फबाट नवीना श्रेष्ठले मन्तव्य व्यक्त गर्नुभएको थियो भने मुरहरि रायमाझीले गजल सुनाउनुभएको थियो ।