Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

प्रा. डा. प्रेमनारायण अर्यालमा होम–तोत्र शिक्षा सम्मान समर्पण गरिने

शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा होम–तोत्र शिक्षा सम्मान’ प्रा. डा. प्रेमनारायण अर्याल (चितवन) मा समर्पण गर्ने भएको छ । यस सम्मानको कोष व्यवस्थापन शिक्षासेवी...
HomeActivitiesसम्मान्य व्यक्तित्व चयन गर्ने जिम्मा तीनजनालाई

सम्मान्य व्यक्तित्व चयन गर्ने जिम्मा तीनजनालाई

शब्दयात्रा प्रकाशनले आगामी चैत महिनामा सम्मान समर्पण गर्नुपर्ने व्यक्ति वा संस्थाको चयन गरिदिनका लागि रामप्रसाद अधिकारी, देवीप्रसाद ढुङ्गाना र पूर्णबहादुर कर्माचार्यलाई आग्रह गरेको छ । उहाँहरूले सर्वसम्मत चयन गर्नुभएका राष्ट्रिय स्तरका व्यक्ति वा संस्थालाई शब्दयात्रा प्रकाशनले आगामी चैत महिनामा सम्मान समर्पण गर्नेछ । सम्मानका लागि उपयुक्त व्यक्ति वा संस्थाको नाउँ पठाइदिन पाठक वर्गलाई सार्वजनिक आह्वान गरिएको हुनाले पाठक वर्गले पठाउनुभएका नाउँहरूमध्येबाट उहाँहरूले उपयुक्त नाउँ चयन गर्नुहुनेछ । चैत महिनामा राष्ट्रझङ्कार, अनुसन्धान, आमसञ्चार, हास्यव्यङ्ग्य, समालोचना, बालसाहित्य, कविताकाव्य र भाषासेवा गरी आठ सम्मान समर्पण गरिनेछन् । सम्मान्य व्यक्तित्व चयन गर्ने जिम्मा लिइदिनुभएकोमा शब्दयात्रा प्रकाशन उहाँहरूप्रति हार्दिक आभार व्यक्त गर्दछ ।