शब्दयात्रा प्रकाशनद्वारा साप्ताहिक रूपमा सञ्चालित प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को सैँतीसौँ शृङ्खलामा मानव–अधिकारकर्मी भोजराज तिमल्सिना प्रमुख वक्ताका रूपमा प्रस्तुत हुनुभयो । उहाँले मानव–अधिकारका विषयमा विस्तृत रूपमा जानकारी गराउनुभएको थियो ।
‘कर्मयोद्धासँग शब्दसंवाद’ कार्यक्रमका सञ्चालक पदमनाथ ढुङ्गानाद्वारा सञ्चालित उक्त कार्यक्रम फणीन्द्रराज अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा श्री शर्मा मूर्ख, खाइबा लामा, कृष्णमणि कुइँकेल, दीक्षा घिमिरे आदिको उपस्थिति रहेको थियो ।